बिषादी छकिर्एको जुनारमा रातो रिवन

बिषादी छकिर्एको जुनारमा रातो रिवन

सिन्धुली – सिन्धुली जिल्लामा किसानको बगैचामा यो बर्ष बिषादी छर्कने जुनारको बोटमा रातो रिबन बाँधिएको छ ।

जुनारलाई औं सा किराबाट जोगाउन तीन बर्षअघि देखि सुरु गरिएको प्रोटिन बेट बिषादी छर्कने बोटमा यो बर्ष रातो रिबन बाँधेर नयाँ तरिका अप्नाईएको किसानले बताएका छन् । बि षादी छर्कने ठाँउ नबिर्सनका लागि त्यो रुखमा रातो रिबन बाँधिएको गोलन्जोर गाँउपालिका–४ तीनकन्या माझकुभिण्डेका किसान जितबहादुर ठकुरी बताउनुहुन्छ ।

औ सा किराले जुनारलाई असाध्यै दुःख दिएकाले किसानको ५० प्रतिशत लगानी र जुनार सुपर जोनको ५० प्रतिशत अनुदानमा बिगत तीन बर्षदेखि पोटिन बेट बि षादी छर्केर जुनारलाई सुरक्षित बनाउदै आएको उहाँले सुनाउनुभयो । त्यसो त किसान ठकुरीले आफ्नो नौ रोपनी जमिनमा जुनार खेती गरी बर्सेनि चार लाख रुपैयाभन्दा बढी आम्दानी लिदै आउनु भएको छ ।

उहाँले भन्नुभयो, “अहिले बगैचामा प्रत्येक फलेको तीन बोट मध्ये एउटा बोटमा रातो रिबनले बाँधेका छौं । बिषादी छर्कने स्प्रेकर्तालाई बिषादी छर्किन सजिलो होस र छर्किएको ठाँउ नबिर्सियोस भनेर रातो रिबनले बाँधेका हौं ।” प्रत्येक हप्ताको एक पटक गरी लगातार दश हप्तासम्म उक्त बिषादी छर्किनु पर्ने उहाँले सुनाउनुभयो ।

प्रोटिन बेट बिषादी छर्किन किसानले आफ्नो तर्फबाट एक बोट बराबर ६२ रुपैया ५० पैसाका दरले रकम समितिमा जम्मा गरेको उहाँले बताउनुभयो ।

सिन्धुलीको गोलान्जोर गाँउपालिका–४ तीनकन्या माझकुभिण्डेमा रातोरिबन बाँधेको जुनारको बोटमा प्रोटिन बेट बिषार्दी छकैदै स्प्रेकर्ता ।


जुनार सुपर जोन कार्यालयका अनुसार लकडाउनको समयमा जिल्ला प्रशासन कार्यालयबाट पास लिएर उक्त बिषादी बैशाखको अन्तिम सातातिर काटमाडौँबाट बिषादी खरिद गरेर ल्याई जुनारको बोटमा छर्किन सुरु गरिएको हो । दुई बर्षअघि देखि उक्त बि षादी प्रयोग गरी औं सा किरा नि यन्त्रण गरिदै आएको छ । यो बर्ष अहिलेसम्म बि षादी छर्केको पाँचै हप्ता पुगेको छ ।

सुपर जोनका प्राविधिक जहानसिं कार्कीका अनुसार व्या क्टेशेरा मिनाक्स नामक ढाडे झिंगाले जुनारको फल भित्र फुल पार्ने र गुलियोपन बढ्दै गएपछि औंसा भएर लार्भा बनि जुनारलाइ खोक्रो बनाएर क्ष ती पुर्‍याउदै आएको छ ।

जुनारको फल कुहाउने औ सा पार्ने किराको पोथी झिगालाइ फुल पार्नका लागि प्रोटिनको आवश्यकता पर्ने र यो सिजनमा किराले प्रोटिनकै खोजि गर्ने भएकाले प्रोटिन बेट जुनारमा स्प्रे गर्दा बोट मै किरा आएर मर्ने भएकाले विषादी प्रभावकारी भएको प्राविधिक कार्कीको भनाई छ । “यो सस्तो र भरपर्दा विषादी हो, उहाँले थप्नुभयो, ‘स्प्रेकर्ताले औषधि स्प्रे गरेको ठाँउमा किराहरु झुम्मिएर आउछन् र मर्छन् ।”

जुनारलाई औसा किराबाट जोगाउन बिषादी खरिदका लािग यो बर्ष किसानहरुले १२ लाख ५० हजार रुपिया समितिमा सङकलन गरेका र त्यती नै रकम जुनार सुपरजोन कार्यक्रमले अनुदान दिई प्रोटिन बेट बिषादी खरिद गरि ल्याएको जुनार सुपर जोन कार्यालयका प्रमुख देबराज अधिकारी बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “अहिले सिन्धुली जिल्लाको जुनार बगैंचाहरुमा जहाँ प्रोटिन बेट स्प्रे कार्य गरिएको छ, ती बगैंचाहरुको निश्चित बोटहरुमा रातो रिबन बाँधिएको छ ।” उहाँका अनुसार रातो रिबन बाँधेको निश्चित ठाँउमा प्रत्येक हप्ताको एक पटकका दरले १० देखि १२ हप्तासम्म लगातार बिषादी छर्किन १२५ रुपिया खर्च हुन्छ । त्यसमध्ये किसानले आधा रकम व्यहोरेका छन् । किसानले बिषादी खरिदका लागि आधा रकम व्यहोरेपछि बाँकी प्राविधिक पक्ष, स्प्रेकर्तालाई दिने पारिश्रमीक कार्यालयले व्यहोरेको उहाँको भनाई छ ।

कार्यालय प्रमुख अधिकारीका अनुसार बिगत बर्षमा औसा किरा नियन्त्रण गर्न छर्किएको प्रोटिन बेट बिषादी प्रभावकारी देखिएपछि यो बर्ष पनि छर्किएको हो । जुनार सुपरजोनको कार्यक्षेत्र मझुवा, जलकन्या, रतनचुरा, बाशेश्वर, नाकाझोली, तीनकन्यामा गरी एक हजार हेक्टर रहेको छ । दुई बर्षअघि तीनकन्यामा परिक्षणको रुपमा करिब आठ सय रोपनी क्षेत्रफलको जुनारमा गरिएको विषादी परिक्षण प्रभावकारी भएपछि जिल्लाभर एउटै प्रविधिको प्रयोग गरि किरा नियन्त्रण गर्ने अभियान सुरु होे ।

उक्त कार्यालयका अनुसार जुनार सुपरजोन कार्यक्रमको कार्यक्षत्रमा बिषादी छर्किन ३५ जना स्प्रेकर्ता परिचालन गरेर विषादी छिट्ने कार्य हुदै आएको छ ।

सिन्धुली जिल्लामा दुई हजार जुनार किसान सुपरजोन कार्यालयमा सुचिकृत छन् भने ३५ सयको हाराहारीमा किसानले जुनार खेती गर्दै आएका छन् । गएको सिजनमा एक हजार ३४५ हेक्टर जमिनमा गरिएको जुनार खेतीबाट आठ हजार ८८१ मेट्रिक्टन जुनार उत्पादन भएको प्रधानमन्त्री जुनार सुपरजोन परियोजनाले जनाएको छ ।

सम्बन्धित खवर