पथरीको क्वारेन्टिनमा रहेका २० जनामा कोरोना नेगेटिभ

पथरीको क्वारेन्टिनमा रहेका २० जनामा कोरोना नेगेटिभ

पथरी, मोरङको पथरी शनिश्चरेको क्वारेन्टिनमा रहेकामध्ये १८ जनाको स्वाब परीक्षण गर्दा सवैमा कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाई आज घर पठाइएको छ ।

भारतबाट आएका नगरका उनीहरुको स्वाब हिजो प्रदेशको कोभिड अस्पतालमा पठाइएको थियो । आज आएको रिपोर्टमा उनीहरु कसैमा पनि कोरोना भाइरस नदेखिएपछि घर पठाइएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाउनु भयो । उनीहरुसँगै नगरका २ जना एम्बुलेन्स चालकको स्वाबमा पनि कोरोना नदेखिएको उहाँले बताउनु भयो ।

पथरी बहुमुखी क्याम्पसको क्वारेन्टिनमा रहेका उनीहरुको विदाईका क्रममा जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलका साथमा जिल्ला आयुर्वेद चिकित्सालयका स्वास्थ्यकर्मीहरुको पनि उपस्थिती रहेको थियो । उहाँहरुले प्रदेश सरकारको ‘स्वास्थ्य जीवन कार्यक्रम’ अन्तर्गत त्यहाँ स्वास्थ्य सचेतना समेत प्रदान गरिएको छ ।

सवन्वय समिति प्रमुख पोखरेलका साथै आयुर्वेद टोलीले सधैं स्वास्थ्य सतर्कता अपनाउँदै योग, प्राणायाम गर्ने, खानपानमा ध्यान दिने र आत्मबल बलियो बनाउँदा कोरोना सहितका रोगहरु टाढा भाग्ने जानकारी गराएको छ । आयुर्वेद टोलीले गुर्जाे, जेठी मधु जस्ता आयुर्वेदिक औषधि वितरण गर्दै त्यसखाले औषधिको सेवनले कोरोनाको संक्रमणलाई परास्त गर्न प्रतिरोध क्षमता बढ्ने सन्देश प्रवाह गरिएको छ । त्यहाँ रहेकाहरुको विदाईमा नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

भारतबाट घर फर्किएकाहरुका लागि राखिएको क्याम्पसको क्वारेन्टिनमा रहेका अन्य ३१ जनाको पनि केही दिनमा स्वाब परीक्षण गरिने नगरपालिका कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर