मंगलबारे अस्पतालको नाम परिवर्तन प्रकरणले उग्र रुप लिदै आज तेस्रो दिनको आन्दोलन जारी

मंगलबारे अस्पतालको नाम परिवर्तन प्रकरणले उग्र रुप लिदै आज तेस्रो दिनको आन्दोलन जारी

मंगलबारे : प्रदेश १ सरकारले उर्लावारी-३स्थित मंगलबारे अस्पताललाई मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा स्तरोन्नित गरेर विकास गर्ने आफ्नो नीति तथा कार्यक्रममा ल्याएपछि अस्पतालको नाम परिवर्तनमा असन्तुष्ट रहेका स्थानीवासी मगलबार पनि तेस्रो दिनको आन्दोलनमा होमिएका छ्न ।

कोरोना कहरले देश नै यति बेला अस्त्ब्यस्त बनिरहेका बेला प्रदेश नम्बर १ सरकारले स्वास्थ जस्तो क्षेत्रमा अस्पतालको स्तर उन्नतिका नाममा फोहोरी खेल खेदै जिउदो इतिहासलाई मेटाएर नगरवासिको भवाना माथी कुठारघात गर्न उद्द्त रहेको उनिहरुले बताएका छ्न ।
उनीहरुले मंगलबारेमा आज निकालेको विरोध र्‍यालीले नजिकै रहेको मदन भणडारि स्मृति प्रतिस्ठान अगाडि गएर नारा बाजि गरेका थिए ।


अस्पताललाई स्‍तरोन्‍नती गरेर नाम परिवर्तन गर्दा भुगोल सग जोडिएको अस्पतालको पहिचान मेटिने भन्दै स्तानिय वासिले प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएका छ्न ।

उनीहरले प्रदेश सरकारलाई मंगलबारे अस्पतालकै नाममा बजेट ल्याउन आग्रह गर्दै सरकार मतहतका विभिन्न निकाएलाई ध्यानाकर्षण पत्र समेत बुजाएका छ्न । तर सो पत्रको आधिकारिक जवाफ भने प्रदेश सरकाले अस्पताललाई पठाएको छैन।


आज भएको तेस्रो दिनको चरणबद्द आन्दोलनले अस्पतालको होर्डिङ बोर्ड पनि खडा गरेको छ । यश अघि अस्पतालको प्रबेश्द्वारमा अस्पतालको होर्डिङ बोर्ड खाली गरिएको थियो ।

मंगलबारे अस्पताललाई प्रदेश सरकार मन्त्रिपरिषद्ले विशेषज्ञ चिकित्सक र त्यसका लागि आवश्यक उपकरण सहितको प्रादेशिक अस्पताल बनाउने निर्णय गरेपनि हालसम्म अस्पतालको स्वामित्व हस्तान्तरण भएको छैन । नयाँ आर्थिक वर्षबाट प्रदेश सरकारबाट अस्पतालालई बजेट ल्याउने तयारी गरेको हो सो तयारिकै सिलसिलामा नमाकरणको विषय प्रस्तावमा घुसाएर बिबादास्पद बनाएको छ ।


स्थानीयहरुले प्रदेश सरकारले मंगलबारे अस्पताल स्त्तरोन्नित गरेर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने निर्णय स्वागतयोग्य रहेपनि मंगलबारे अस्पतालको पहिचान नै मेटिने गरिन नाम अगाडि सारिदा आफूहरुको आपत्ति रहेको बताएका छन् ।

२०४९ सालमा स्थापना भएर १५ शैय्याको मंगलबारे अस्पतालमा स्तरोन्नती भएको थियो । प्रदेश सरकारले अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गरी प्रदेश सरकारले ट्रमा सेन्टरको रुपमा विकास गर्न लागेको छ । त्यसका लागि अस्पतालमा अपरेशन थ्रिएटर तथा उपकरण खरिद गरेर करिब ४ करोड बजेट आइसकेको छ । अस्पतालमा करोडौंको उपकरण खरिद गरेर जडान भइसकेको छ । अस्पतालमा हाल प्रसूति र एपेन्डिसाइट्सको श्ल्यक्रिया पनि उपलब्ध गराउँदै आएको छ ।

पूर्व पश्चिम राजमार्गमा सगै जोडिएको मंगलबारे अस्पतालमा दुर्घटनामा परेका मानिसहरुको उपचार गराउन सहज हुने भएकाले प्रदेश सरकारले ट्रमा सेन्टरको रुपमा विकासित गर्न खोजेको हो । मोरङको सुदूरपूर्वी भेगमा रहेको यो अस्पतालमा हरेक दिन बिरामीको चाप हुन्छ । त्यसैले पनि यो अस्पतालको स्तरोन्‍नती आवश्यक देखिन्छ । तर नाम नै परिवर्तन गर्ने अनि मात्र स्तर उन्नती गर्ने भएपछी स्थानिय हरु आन्दोलित बनेका हुन ।

सम्बन्धित खवर