पाेखरा : नेपाल तरुण दल लमजुङले लमजुङ क्व्होलासोथार गाउँपालिका वडा नं ५ सिङ्दिका १०० घर परिवारलाई राहत बितरण गरेको छ। राहतको लागि तरुण दल अध्यक्ष ललित गुरुङले आफ्नो ब्यक्तिगत तर्फबाट ५००००, कांग्रेस नेता तथा मध्यनेपाल नगरपालिका प्रमुख रमेश पाण्डेको तर्फबाट ३२०००, वडा नं ७ का गगन घिमिरेको तर्फबाट १६००० र अध्यक्ष ललित गुरुङका आमा बुवाबाट बांकी रकम आर्थिक सहयोग गरेका थिए।
राहत बितरण कार्यक्रममा नेपाल तरुण दल लमजुङका अध्यक्ष ललित गुरुङ, ने.वि.संघ कास्कीका नि बर्तमान सभापति बिकास थापा, नेपाली कांग्रेस वडा इकाई सभापति टेकबहादुर गुरुङ, उप-सभापति मन्द्रराज गुरुङ, सचिब मिन बहादुर गुरुङ, वडा अध्यक्ष गित बहादुर गुरुङ, शिक्षक संघका नि बर्तमान सदस्य चन्द्रमान गुरुङ, पुर्ब आमा समाजकी अध्यक्ष खिम माया गुरुङ, तरुण सदस्य सुर्य बहादुर गुरुङ, हिम ब. गुरुङ, देब ब., लिल ब. बुद्धिराज, पदम कुमार, हिम सुब्बा, हर्कजङ, अमन, प्रेम, मीन ब., दिपेश, उपेन्द्र, मन प्र., सन्तोष, दुधमान, पुजन कुमार, सन्तोष, चोखोमान, सरोज, दिवस, दिल ब., पुर्ण सुब्बा, चन्द्र सुब्बा, लिना, सोम प्र., हिम सुब्बा, हर्क जङ गुरुङ लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम लकडाउनको पालना गरि सामाजिक दुरी कायम गर्दै गरिएको थियो।
राहत बितरण कार्यक्रममा बोल्दै तरुण दल अध्यक्ष ललित गुरुङले आफुलाई आफ्नो जन्मथलोको धेरै माया रहेको बताउँदै हरेक लमजुङवासीहरुको सु:ख-दु:खमा आफुले सधैं साथ दिने प्रतिबद्धता गरेका छन्। साथै गुरुङले सदरमुकाम बेशिसहरदेखि आफ्नो गाउँसम्म अझै पनि बाटो नबनेकोमा दु:ख व्यक्त गर्दै आफुले आफ्नो ब्यक्तिगत तर्फबाट र सिङ्गो नेपाली कांग्रेसको तर्फबाट गाउँमा बाटो ल्याउन जस्तो सुकै सहयोग गर्न पनि आफुहरु तयार रहेको बताए।