स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा प्रवक्ता गौतमको पहिलो लाइभ

स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा प्रवक्ता गौतमको पहिलो लाइभ

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को अपडेट दैनिक गराउँदै आएको छ। नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार पहिलो पटक कोरोना अपडेटको विषयमा औपचारिक जानकारी दिएका छन्।

नेपालमा अहिलेसम्म ३ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण देखिएको छ। चार सय ८८ जना निको भएका छन्। हालसम्म १४ जनाको भने मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य तथा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटालाई सरुवा गर्दै नयाँ प्रवक्ताको रुपमा परोपकार प्रसूति अस्पतालका निर्देशक आइतबार गौतमलाई नियुक्त गरेको हो। उनलाई तीन दिनअघि अस्पतालको निर्देशकबाट मन्त्रालयमा तानिएको थियो। देवकोटालाई मन्त्रालयले गुणस्तर तथा नियमन महाशाखाकाको प्रमुख बनाएको छ।

२०७६ चैत ११ गतेदेखि २०७७ जेठ २५ गतेसम्म  लगातार ७६ दिनसम्म दैनिक अपडेटमा उपस्थित भएका देवकोटा आइतबार बिदा भएका हुन्। लाइभ अपडेटमै पत्रकार, मिडिया, स्वास्थ्यमन्त्री र सहयोगी सबैलाई धन्यवाद दिँदै देवकोटा भावुक हुँदै बिदा भएका थिए।

सम्बन्धित खवर