विकासको नाममा रोपाइको लागि तयारी अवस्थामा रहेको धानको विउ नष्ट

विकासको नाममा रोपाइको लागि तयारी अवस्थामा रहेको धानको विउ नष्ट

विवेक शर्मा

राैतहट : असारे विकासको नाममा रोपाइको लागि तयारी अवस्थामा रहेको धानको विउ नष्ट हुने गरी विकासको लहर चलेको छ ।

रौतहट जिल्लाको अधिकांस नगरपालिकाले यस्तै नै विकास गर्ने प्रविति अपनाएका छन । रौतहट जिल्लाकै माधवनरायण नगरपालिकाको वार्डको न ५ मा रहेको मिठुआ टाोलमा पनि यस्तै रोपाईको लागि तयारी अवस्था रहेको घानको बिउनै नस्ट गर्ने गरी आसरे विकास भइरहेकोमा स्थानीयहरु आपती समेत जनाएका छन ।

देश कोरोनाको संत्रास र लकडाउनले गर्दा अस्तव्यस्त रहेको यो संकटपूर्ण घड़ीमा रोगको नियंत्रण,रोकथाम, राहत(बचाव एवं आर्थिक उन्नतिमा ध्यान केन्द्रित गर्नुपर्नेमा आवस्थामा अहिले स्थानीय तहहरुमा सडकको नयाँ ट्रयाक खोल्ने होडबाजी नै चलेको छ ।

सडक हामी सबैलाई चहिन्छ, सडक बिकाश पुर्वाधारको पहिलो खुड्किला हो । तर बर्ष भरी केही काम नै नगरी जेठ र असारमा मात्र बजेट खर्च गर्ने परिपाटीलाई कहिले सम्म बन्द हुन सक्छ ? अहिलेको अवस्थामा कोरोना रागको नियन्त्रण तथा रोकथामको साथै क्वारेन्टिन व्यवस्थापन देखि लिएर गाउँ घरमा रहेको असहाय गरिव मानिसहरुलाई राहत दिनु धर्मको साथै एउटा ठुलै मनवताको कार्य हुने थियो ।

तर विकासको नाममा ब्रहमलुट मचाउनेहरुले असारे विकासमा मग्न भएको अवस्था रहेको स्थानिय भुनेशवर ठाकुर तथा लक्ष्मिनरायण साहको भनाई रहेको छ । तराईको बाढी पहिरो र पानीले यो असारे बजेटको सडकको अवस्था कस्तो रहने होला? यहाँहरुले आफै अनुमान गर्नु होला। माटोको काममा बढी बचत हुने भएकाले तथा एउटै शिर्षकमा दोहो¥याइ( तेहेरयाइ हरेक बर्ष खर्च गर्न सजिलो हुने भएकोले आसारमा बिकाश को सुरुवात गर्ने गरिन्छ भन्ने वहाँहरुको धारण रहेको छ ।

कोरोना ले बिश्वब्यापी चरम आर्थिक मन्दी, भोकमरी को अवस्था छ। सरकारले जनताको आधारभुत आवस्यकता गास , बास, कपास र स्वास्थ्य औषधि उपचार को उपलब्ध समेत गर्न सकिरहेको छैन । येस्तो विषम परिस्थितिमा पसल तथा यातायात बन्द भएको कारण किसानले उन्नत जातको धानको बीउ नपाएको अवस्थामा आफ्नो घरकै लोकल पारम्परिक धान कै बीउ उमारी खेत रोपाइँ गर्ने तर्खमा छन । किसान मन्सुन लागे सङै किसानलाई रोपाइँको चटारो पर्ने अवस्था हुन्छ ।

स्थानीय तहले गरिब किसान लाई राहत बितरण गर्न सकेकोछैन, थोरै मात्रामा भएपनि खेती पातिले भोकमरिलाई कम गर्छ की ? भने किसानहरुको सोचाई रहेको छ । कोरोना को कहर संगै नयाँ सडक खोल्ने नाममा रोपाइँ गर्नलाई तयारी भएको खेतमा रहेको धानको बीउलाई मासिनु कति को जायज छ? भने सरकारलाई ध्यानाकर्षण गराउन चाहेका छन ।

मन्त्रालय,प्रदेश,बिभाग तथा स्थानीय तहको निर्देशन एवं संलग्नतामा हुने गरेको यस्तो असारे बिकाशको कार्यलाई तुरुन्त रोक्न तथा आर्थिक बर्षको सुरुवात देखी नै बिकाश निर्माणको कार्यलाई निरन्तरता दिन अनुरोध समेत गरेको छन । यस प्रकारको असारे बिकास कार्यमा भ्रष्टाचार बढी हुने देखिएकोले अनुसन्धान कार्य अगाडि बढाउन सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराउन चाहेको ठाकुर र साहको अभिव्यक्ति समेत रहेको छ ।

केही दिन अगाडी भोकको कारणले गर्दा हाम्रो नेपालमा पनि मर्ने अवस्थामा पुगेका छन केही परिवारले के अव पनि स्थानिय सरकारले कृषि क्षेत्रमाथि ध्यान नदिने हो त ? यदि दिने हो भने असारे विकासको नाममा भईरहेको ब्रहमलुटको साथै कृषि योग्य जमिनको साथै बाली नष्ट हुनबाट जोगाउनु स्थानिय सरकारको दायित्व रहेको छ भने ठाकुर र साहको बुझाई रहेको छ ।

यस्तो क्रियाकलापहरुलाई समयमा ध्यान दिई समयमै अनुगमन गरी आवश्यक कदम चलाउन आवश्यक देखिन्छ ।

सम्बन्धित खवर