स्याङ्जामा कोरोना सङ्क्रमण भएका एक व्यक्तिको मृत्यु

स्याङ्जामा कोरोना सङ्क्रमण भएका एक व्यक्तिको मृत्यु

स्याङ्जा : स्याङ्जाका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत कोभिड–१९ एक सङ्क्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथामका निर्देशक डा विनोद विन्दु शर्माले प्रेस विज्ञप्ति जारी गर्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरीएको परीक्षणको क्रममा कोरोना पुष्टि भएका वालिङ् नगरपालिकाका ६० वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिनुभयो ।

अस्पतालको आइसोलेसनमा उपचाररत स्याङ्जाको वालिङ नगरपालिका–३ का ६० वर्षीय एक पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज विज्ञप्ति जारी गरी पुष्टि गरेको हो ।

निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले यही जेठ २२ गतेदेखि अस्पतालको प्रि–आइसोलेसन कक्षमा उपचार गराइरहेका ती व्यक्तिको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार साँझ कोरोना पोजिटिभ देखिएपछि आइसोलेसन कक्षमा सारिएको थियो । उनी मिर्गौला, मधुमेहलगायतका रोगको बिरामी भएको बताइन्छ ।

मृत्यु भएका व्यक्ति भारतको दिल्ली बस्दै आउनुभएकोमा सुनौलीसम्म विभिन्न सवारी साधनमा आउनुभएको र सुनौलीबाट आफैले गाडी रिजर्भ गरेर स्याङजा आउनुभएको जनाईएको छ ।

सम्बन्धित खवर