अस्पतालको नाम परिवर्तन गर्ने कसरतमा सरकार, प्रस्तावको विरुद्धमा स्थानीय

अस्पतालको नाम परिवर्तन गर्ने कसरतमा सरकार, प्रस्तावको विरुद्धमा स्थानीय

पथरी, प्रदेश १ सरकारले मोरङको उर्लाबारी स्थित मंगलबारे अस्पताल स्तरोन्ती गरी मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर नाम राख्ने प्रस्ताव गरेपछि स्थानीयहरू बिरोधमा उत्रिएका छन् । मंगलबारे अस्पतालको आफ्नो छुट्टै पहिचान रहेको भन्दै आइबार स्थानीयले विरोध जनाएका हुन् ।

एक साताअघि मात्र प्रदेश सरकार मन्त्रिपरिषदले उर्लाबारी नगर अस्पताल रहेको मंगलबारे अस्पताललाई बिशेषज्ञ चिकित्सक र त्यसका लागि आवश्यक उपकरण सहितको प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको थियो । स्तरोन्तीसंगै सरकारले मदन भण्डारीको नाम जोड्न प्रस्ताव गरेपछि स्थानीयले विरोध जनाएका हुन् । २०४९ सालमा स्थापना भएको अस्पतालको नाम परिर्वतन प्रती स्थानीयले आपत्ती जनाएका छन् । प्रदेश सरकारले मंगलबारे अस्पताल स्तरोन्ती गर्ने नाममा थाहै नदिई प्रस्ताव अघि सारेर मंगलबारेको पहिचान मेटाउन खोजेको ३ नम्बर वडाध्यक्ष गन्ज बहादुर कार्कीले बताए ।

प्रदेश सरकारले नीति तथा कार्यक्रम अन्तर्गत बजेट भाषणमा मंगलबारे अस्पतालको नाम परिर्वतन गर्ने प्रस्ताव अघि सारेर मंगलबारेबासिको उपेक्षा गर्दै उर्लाबारीको गहनामा गिद्दे नजर लगाएको स्थानीय युवा रोहित कार्कीले बताए ।

प्रदेश सरकारले स्तर उन्नतीको नाममा अस्पतालमा राजनीति गर्न खोजेको स्थानीय युवा भिम थापाको भनाई छ । अस्पताल स्थापना गर्न मंगलबारेका स्थानिय र नेपाली काङ्ग्रेसको भुमिका रहेको तर अस्पतालको नामाकरण गर्दै मंगलबारेको पहिचार मेटाउन नेकपाको सरकार लागेको प्रकाश चन्द्र थापाले बताए ।

स्थानीयले अस्पतालमा राजनीति गर्न पाईदैन, नामाकरण ठिक छैन, प्रस्ताव गर्ने ब्याक्ती सार्वजनिक गर, ट्रमा सेन्टर चाहिन्छ, मंगलबारे हाम्रो पहिचान हो, यस क्षेत्रलार्इ प्रतिनिधित्त्व गर्ने नाममा परिबर्तन गर्नुहुन्न भन्दै मंगलबारे चौक परिक्रमा गरेका थिए ।

तत्कालीन प्राथमिक स्वास्थ्य केन्द्र रहेको उर्लाबारीस्थित मंगलबारे अस्पताल हाल १५ शैय्याको रहेको छ । अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गरी प्रदेश सरकारले ट्रमा सेन्टरको रुपमा विकास गर्न लागेको हो । त्यसका लागि गएको आर्थिक वर्ष र चालु आर्थिक वर्षमा गरी चार करोड बजेट छुट्याएको छ । जसमा गएको आर्थिक वर्षको २ करोड रुपैयाँले आवश्य उपकरण खरिद गरिएको थियो ।

जिल्लाकै सुदूरपूर्वी भेगमा रहेको अस्पताल राजमार्गसँग जोडिएकै कारण हरेक दिन बिरामीको चाप समेत बढेको छ । २०४९/०५० सालमा नेपाल सरकारबाट स्वीकृत भइ प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा उर्लाबारी ३ मंगलबारेमा अस्पताल स्थापना भएको थियो ।

अस्पतालको सय मिटर दुरीमा मदन भण्डारीको नाममा मदन भण्डारी स्मृती प्रतिष्ठान नेपाल रहेको छ । प्रतिष्ठानले टेक्नीकल कलेज संचालन गर्दै आएको छ । सरकार दुई तिहाइमा रहेका बेला विभिन्न बहानामा राजमार्ग, अस्पताल लगाएतका क्षेत्रको नामाकरण पार्टि निकट रहेर नामाकरण गर्ने कसरतमा लागेको छ ।

सम्बन्धित खवर