पोखरा : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्मिाञ्चल क्षेत्रीय अस्पतालको प्रि आइसोलेसनमा रहेका एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्याङ्जा जिल्ला वालिङका ६० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार उनलाई अहिले आइसोलेसन कक्षमा राखिएको छ । उनिसँग प्रत्यक्ष सम्पर्कमा आएका ब्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु भएको निर्देशनालयले जनाएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १ सय १४ पुगेको छ ।