कोभिड–१९ बिरुद्ध ‘नबिल जेन एन खाता’ सुरु

कोभिड–१९ बिरुद्ध ‘नबिल जेन एन खाता’ सुरु

बागलुङ : नबिल बैकले आफ्ना ग्राहकको माग र हितलाई मध्यनजर गरेर स्वास्थ्य र सुरक्षित कारोवार सुविधाको योजना ल्याएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको समयमा बैंकले बिद्युतीय प्रणालीलाई प्रोत्साहन गर्ने योजना ल्याएको हो ।

‘नबिल जेन एन खाता’ नविल जेनरेशन नेपालमार्फत ग्राहकलाई सरल बैंकिङ सेवा दिन लागेको जनाइएको हो । घरमा बसेर खाता खोल्न सकिने, आर्कषक व्याज पनि दिनेगरी यो बचत खाता संचालनमा ल्याएको बागलुङस्थित शाखा प्रबन्धक सुशान्त श्रेष्ठले जानकारी दिए ।

केन्द्रीय कार्यालयकी कर्पोरेट कम्प्युनिकेशन युनिटकी समन लामा थिङ्गले जारी गरेको बिज्ञप्तीमा पनि उक्त योजनाबारे जानकारी गराइएको छ । यो खातामा अनलाइनमार्फत जम्मा गर्न सकिने, डेबिट कार्ड, क्रेडिट कार्ड, नेपाल टेलिकम र एनसेलको २ जिबी डाटा प्याकेजसमेत निशुल्क पाइने छ । यो योजनाले सेवाग्राहीको अत्याधिक व्ययभार कम हुने विश्वास लिइएको छ । साथै, घातक रोगको समयमा घरमा बसेर सबै काम गर्न पाउँदा सुरक्षित बन्न सकिने पनि बताइएको छ ।

१८ बर्षमाथिका जोसुकै नेपाली नागरिकले यो सेवामा सहभागि हुन पाउने छन् । यो अनलाईन खाता खोल्दा एकलाख रुपैयाँ सम्मको कारोवार घरमै बसेर गर्न सकिने, बिभिन्न बीमा गर्न मिल्ने समेत सेवा दिइएको छ । यो खातामार्फत १३ प्रकारका रोग र दुर्घटनाको बीमा पनि हुने छ ।

सम्बन्धित खवर