पाेखरा : नेपाली कांग्रेस सभापती एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामा राहातका लागी खाद्यान्न पठाएका छन । कांग्रेस सभापति देउवाले लकडाउनका समयमा पहिलो पटक राहात वितरणका लागी एक सय ४० कुन्टल चामल संगै दाल, नुन, तेल, चिनि र चियापत्ति पठाएका छन ।
सात वटा स्थानिय तहका लागी प्रत्येक स्थानिय तह लाई २० कुन्टल चामलका दरले खाद्यान्न राहात पठाईएको जिल्ला मिन्वय समितीले जनायो । चामल संगै पौने १६ कुन्टल दाल, पौने दुई कुन्टल चिनि, दुई कुन्टल नुन, ३५ किलो चियापत्ति र ३५ पेटी तेल उपलब्ध भएको समन्वय समिती प्रमुख गणेशराज भट्टले बताए । समन्वय समिती मार्फत सातै वटा स्थानिय तह लाई शुक्रबार खाद्यान्न हस्तान्तरण गरिएको उनले बताए ।
प्रत्येक स्थानिय तहका लागी २५ किलो तौल भएको सोना भामल ८० कट्टा (२० कुन्टल) मसुर दाल एक कुन्टल, केराउ र चना दाल ५०/५० किलो, सफेद मटर २५ किलो, चिनि २५ किलो, नुन २८ किलो, चियापत्ति २५ किलो र तेल ५ पेटीका दरले स्थानिय तह लाई हस्तान्तरण गरिएको समन्वय अधिकारी करुणाकर अवस्थीले बताए ।
सात वटा स्थानिय तहका लागी पुर्व प्रधानमन्त्रि देउवाले कञ्चनपुर बाट खाद्यान्न डडेल्धुरा पठाएका थिए । भित्रिमधेश जोगबुडा क्षेत्रमा रहेका दुई वटा स्थानिय तह परशुराम नगरपालिका र आलिताल गाउपालिकाका लागी डोटीको बुडर बाट बिहिबार नै खाद्यान्न पठाईएको थियो । उनले भने, जिल्ला सदरमुकामको अमरगढी नगरपालिका लगायत अन्य पाँच वटा गाउपालिकाका लागी पठाईएको खाद्यान्न समन्वय सिमितीको हलमा राखिएको छ । खाद्यान्नको बिवरण स्थानिय तहलाई शुक्रबार बुझाईएको बताउदै उनले स्थानिय तहले आफै ढुवानी गरि लैजाने बताए ।