सामाजिक विकास मन्त्री घिमिरेद्वारा रतुवामाईका क्वारेन्टाइन निरिक्षण

सामाजिक विकास मन्त्री घिमिरेद्वारा रतुवामाईका क्वारेन्टाइन निरिक्षण

प्रबेश बिष्ट, इटहरा

प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मोरङको रतुवामाई नगरपालिकामा रहका क्वारेन्टाइनहरुको निरिक्षण गर्नुभएको छ ।

स्वास्थ्य प्राविधिक टोलीका साथमा आउनुभएका मन्त्री घिमिरेले बिहिबार क्वारेन्टाइनहरुको निरिक्षण गर्नुभएको हो । नगरका सबै क्वारेनटाइनहरुको निरिक्षण गर्ने भनिएको भए पनि उहाँले समय अभावका कारण दुईवटा क्वारेन्टाइनको मात्र निरिक्षण गर्नुभयो । वडा नम्बर १ को शारदा आधारभूत विद्यालय र वडा नम्बर ६ को सौठा माध्यमिक विद्यालयको उहाँले निरिक्षण गर्नुभयो ।

निरिक्षण पश्चात मन्त्री घिमिरेले नगरपालिकालाई एक सय थान भिटिएम हस्तान्तरण गर्नुभयो । पीसीआर परिक्षणका लागि भिटिएममा राखेर स्वाब संकलन गर्ने गरिन्छ ।

मन्त्री घिमिरेको निरिक्षण टोलीमा संविधानसभा सदस्य ऋषिकेश पोखरेल, प्रादेशिक प्रयोगशाला प्रमुख जयन्द्र यादव लगायत हुनुहुन्थ्यो ।

सामाजिक विकास मन्त्रालयले नगरलाई आवश्यक पर्ने थप आरडिटी कीट र भिटिएम क्रमश उपलब्ध गराउँदै जाने मन्त्री घिमिरेले बताउनुभएको ८ नम्बर वडा अध्यक्ष नन्दकुमार चापागाईले जानकारी दिनुभयो । सामाजिक विकास मन्त्रालयले दिदैँ आएको आरडिटी कीट र भिटिएमले बिशेष गरेर भारतबाट फर्किएका स्थानीयको कोरोना परीक्षणमा ठुलो टेवा पुगेको उहाँले बताउनुभयो ।

रतुवामाईमा अहिले सातवटा क्वारेनटाइन रहेका छन् । यी क्वारेन्टाइनहरुमा हात ३४२ जना रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तोष शाहले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्ममा ३७ जना क्वारेन्टाइनबाट घर फर्किएका छन् । नगरपालिकाले सामाजिक विकास मन्त्रालयबाट यस अघि दुई पटक गरी एक सय थान भिटिएम प्राप्त गरिसकेको उहाँले जानकारी दिनुभयो ।

रतुवामाईमा अहिलेसम्म दुई जनामा कोरोना पोजेटिभ भेटिएको र उनीहरुको विरातनगर स्थित कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचार भइरहेको छ ।

सम्बन्धित खवर