कास्की कारागारभित्र भारतीयको गुण्डागर्दी, नेपालीलाई ज्यान मार्ने धम्की !

कास्की कारागारभित्र भारतीयको गुण्डागर्दी, नेपालीलाई ज्यान मार्ने धम्की !

कास्की : पोखराको कारागारभित्र एक भारतीयद्वारा आन्तरिक धन्दा चलाउँदै आएको र गुण्डागर्दी गर्दै आएको सूचना हामीलाई प्राप्त भएको छ र यो सूचना केहि समय अगाडि कास्की कारागारबाट निस्किएका केही दर्जन पीडित ब्यक्तिले हामीलाई दिएका हुन्।

 

उनीहरूका अनुसार कास्की कारागार (ब्लक क) मा एक भारतीय केहि वर्ष अघिबाट लागुपदार्थ बेचबिखन मुद्दाको सजाय भोगी रहेका छन्। तर ती भारतीय कारागारभित्र एक कैदी होइन एक ठुला भ्रष्ट ब्यापारी भएका छन्। ती भारतीयले कारागारको प्रशासनसंग मिलेर भित्रको खाद्यान्न पसलदेखि सबै ब्यवसाय एकलौटी रुपमा चलाएर कारागारभित्र खाद्यान्नदेखि फोन कलसम्ममा निर्मम महङ्गी रहेको उनीहरु बताउँछन्।

यदि मात्र नभएर ती भारतीयले नेपाली कैदीहरुलाई अनेकौं मानसिक तथा शारीरिक यातना समेत दिदै आएका उनीहरू बताउँछन्। कारागारभित्रका कैदीका नाइकेहरुलाई केहि प्रतिशत लाभ दिने गरेको ठहर गर्दै आफू त्यहाँको कैदी नभई एक डन रहेको र आफ्नो विपक्षमा कोहि कतै केही बोले ज्यान लिने धम्की समेत दिने गरेको पीडितहरु बताउँछ्न।

साथै उनीहरूले अब केही दिनमा आफूहरुले जिल्ला प्रशासन कार्यालयलाई उक्त बिषयबारे संयुक्त ज्ञापन पत्र बुझाउने कार्यक्रम तह गरेको बताएका छन। अन्त्यमा लकडाउनको समय अगाडिमात्र कारागारबाट आफ्ना साथीभाइले जिल्ला प्रशासन कार्यालय, जिल्ला कारागार कार्यालयलाई सम्बोधन गरि कारागारभित्रका आन्तरिक धन्दा र गुण्डागर्दीको पर्दाफास गर्दै एक चिठी तयार गरि आफुलाई दिएको भन्दै यस्तो चिठी प्रस्तुत गरेका छन्:

सम्बन्धित खवर