काठमाडौं : नेपालमा बिहीबार ३ सय ३४ कोरोना संक्रमित थपिएका छन् ।
थप ३ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै मुलुकमा संक्रमितकाे संख्या २ हजार ६ सय ३४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बिहीबार थप १२ जनाले कोरोनालाई जितेर अस्पतालबाट घर फर्किएको जानकारी दिनुभएको छ । योसँगै मुलुकमा कोरोनालाई जित्नेको संख्या २ सय ९० पुगेको छ ।