विवेक शर्मा
रौतहट : अबैधरुपमा गाजा तस्करी गर्ने व्यक्तिहरुलाई गाजा सहित चार जनालाई रौतहट प्रहरीले आफ्नो हिरासतमा लिएको छ ।
रौतहट जिल्लको मध्य पश्चिम भागमा रहेको देवाही गोनाही नगरपालिका वार्ड न ८ बाट देवाही गोनाहीको प्रहरी टोलीले गाजा सहित ४ जनालाई पक्राउ गरेका छन , गाँजा सहित चार पक्राउ ।
मौलापुरबाट जयनगर तर्फ जादै गरेको बा६४प ९३०७ र ना४५प ६३९८ नम्बरको दुई वटा मोटरसाइकललाई संका लाग्दा इलाका प्रहरी कार्यालय देवाहीगोनाहीको टेलीले चेकजाँच गर्दा २० किलो गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी निरिक्षक मेदनी प्रसाद साहले बताए । चार वटा झोलामा लुकाइ राखेको अवश्थामा गाँजा बरामद भएको उनले बताए । गाँजा सहित मकवानपुरका सागर लामा, अंकित लामा, विसाल लामा र निरज लामा पक्राउ परेका छन ।
पक्राउ परेकाहरुको साथ बाट २१ हजार नगद र मोबाइल समेत बरामद भएको प्रहरी निरिक्षक साहले बताए । पक्राउ परेका चारै जनालाई थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय गरुडा पठाइने उनले बताए ।