स्वास्थ्यकर्मी सुरेन्द्र ठाकुर द्धारा रौतहटमा स्वास्थ्यकर्मी माथि भएको दुव्र्यवहारको घोर भर्तना, दोसीलाई कारवाहीको माग

स्वास्थ्यकर्मी सुरेन्द्र ठाकुर द्धारा रौतहटमा स्वास्थ्यकर्मी माथि भएको दुव्र्यवहारको घोर भर्तना, दोसीलाई कारवाहीको माग

विवेक शर्मा 

रौतहट : रौतहतमा भएको स्वास्थ्यकर्मी माथिको दुव्यवहार अपमान जनक भएको हे.अ. स्वास्थ्यकर्मी सुरेन्द्र शर्माको भनाई रहेको छ । रौतहत जिल्लाको दक्षिण् पश्चिम भागमा रहेको राजपुर नगरपालिकाको वार्ड न ९ को क्वारेन्टिमा स्वास्थ्यकर्मी खुशिद माथि भएको हातपातलाई स्वास्थ्यकर्मी शर्माले घोर भरतष्ना गरेका हुन ।

कोरोना परिक्षणको लागि स्वाव लिएर चेकको लागि पठाईएको अधिकांसको स्वावको रिपोर्ट पोजिटिभ आएकोले स्वास्थ्यकर्मीहरुले गलत रिपोर्ट पठाएको हो भन्दै क्वारेटिनमा बसेको व्यक्तिहरुले हुहल्ला गरि स्वास्थ्यकर्मी खुर्शिदलाई कुटपिट गर्दा घाईते भएका थिए ।

घाईते स्वास्थ्यकर्मी खुर्सिदको सिघ्र स्वास्थ्यको कामना गर्दै स्वास्थ्यकर्मीहरु माथि यस्तो अमानविय व्यवहार गर्ने व्यक्तिलाई कानुन बमोजिम कडा भन्दा कडा सजाई दिन सरोकारबाला सगँ माग गरेका छन ।

फेसबुकको आफनो वालमा घटनाको चाडो भन्दा चाडो छानविन गरी दोसीलाई कडा भन्दा कडा कारवाही गर्न समेत शर्माले माग गरेको हुन ।आफ्नो ज्यानको ख्याल समेत नगरी अरुको ज्यानको सुरक्षा प्रदान गर्न दिन र रात आफ्नो परिवारहरुलाई छोडेर अति जोखिमका साथ क्वारेन्टिमा खटने स्वास्थ्यकर्मी माथि यस्तो अमानविय घटना हुन स्वास्थ्यकर्मीको ज्यान सँग खेडवाल गर्नु सरह रहेको शर्माको भनाई रहेको छ । शर्मा अहिले रौतहट जिल्लाको माधवनरायण नगरपालिकामा रहेको सखुअवा स्वास्थ्य चौकीमा हे.अ.मा कार्यरत हुन ।

सम्बन्धित खवर