गण्डकी प्रदेशका थप १६ जनामा कोरोना संक्रमण, प्रदेशभर ५४ संक्रमित

गण्डकी प्रदेशका थप १६ जनामा कोरोना संक्रमण, प्रदेशभर ५४ संक्रमित

पोखरा । गण्डकी प्रदेशमा थप १६ जना कोरोनाका विरामी थपिएका छन । बाग्लुङ, स्याङजा, म्याग्दी र पर्वतमा संक्रमितहरु थपिएका हुन ।

प्रदेश स्वास्थ्य निर्देशानालयले दिएको जानकारी अनुसार, बाग्लुङमा मात्रै थप १० जना कोरोना संक्रमित थपिएका छन् । ३३ वर्षीय माहिला र अन्य ९ जना पुरुषमा संक्रमण रहेको बुझिएको छ ।

पर्वतको फलेवास नगरपालिका र विहादी गाउँपालिका २/२ जना गरी ४ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पाइएको हो ।

स्याङ्जाको कालीगण्डकी गाँउपालिकाको १८ वर्षीय पुरुषमा समेत भाइरस देखिएको निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।

म्याग्दीको मंगला गाउँपालिकाको १९ वर्षीय पुरुष समेत संक्रमित भएका छन् । योसंगै गण्डकी प्रदेशमा संक्रमितको सख्या ५४ पुगेको छ ।

संक्रमितहरुलाई जिल्ला अस्पताल लैजाने तयारी भैरहेको निर्देशक शर्माले बताए । बाग्लुङका २ जना र लमजुङका एक जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

सम्बन्धित खवर