रिपोर्ट पोजिटिभ आएको भन्दै क्वारेन्टिनमा बसेका व्यक्तिहरुबाट स्वास्थ्यकर्मीमाथी हातपात

रिपोर्ट पोजिटिभ आएको भन्दै क्वारेन्टिनमा बसेका व्यक्तिहरुबाट स्वास्थ्यकर्मीमाथी हातपात

विवेक शर्मा, रौतहट

रौतहट जिल्लाको राजपुर नगरपालिकाको वडा नं. ९ मा रहेको क्वारेन्टिनमा रहेका व्यक्तिहरुले स्वास्थ्यकर्मी माथी हातपात गरेका छ्न् ।

क्वारेन्टिनमा बसेका व्यक्तिहरुको चेक जाँज गर्दा अधिकांश व्यक्तिको रिपोर्ट पोजिटिभ आएकोले स्वास्थ्यकर्मीहरुले गलत चेक गरेको भन्दै बिवाद हुदा स्वास्थ्यकर्मी खुरसिदलाई कुटपिट गरि घाइते बनाएका छन्। पोजिटिभ केस फेला परेका केहि व्यक्तिले यी डाक्टरहरु गल्ती चेकजाँच गरिरहेका छन् भन्दै होहल्ला गर्न थाले पछि त्यही बिचबाट केही व्यक्तिहरुले स्वास्थ्यकर्मी खुरसीदमाथि आक्रमण गरि घाइते बनाए हुन्।

स्वास्थ्यकर्मी खुरसिदको टाउकोमा गम्भीर चोट लागेको छ । उनको उपचार स्थानीय स्वास्थ्य चौकीमा भइरहेको स्रोतले जनाएका छन् । स्वास्थ्यकर्मीहरुले आफ्नो ज्यानको तथा परिवारको कुनै वास्ता नगरि नागरिकहरुलार्र्इ सेवामा खट्ने बेला यस्तो घटना हुनु निन्दनिय रहेको स्वास्थ्यकर्मीहरुको भनाई रहेको छ । रेडियो मधेस मसलाको नगर सन्दर्भ कार्यक्रममा रौतहट जिल्लाको फोकल पर्शन हरेन्द्र गुप्ताको अनुसार क्वारेन्टिनमा सुरक्षाकर्मीहरुको व्यवस्थापन कम भएकाले यस्ता घटनाहरु हुने गरेका छन् ।

सम्बन्धित खवर