काठमाण्डौ : दुई स्वासथ्यकर्मी सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सिनामंगल स्थित काठमाण्डौ मेडिकल कलेज (केएमसी) अनिश्चित कालका लागि बन्द गरिएको छ ।
अस्पतालले बुधबार अत्यन्त जरुरी सूचना जारी गर्दै अस्पतालमा कार्यरत २ स्वास्थ्यकर्मी र २ बिरामीमा कोरोना संक्रमण पुष्टि भएकाले आकस्मिक सेवासमेत अस्पतालका सबै सेवा बन्द गरिएको जानकारी दिएको हो।
अब अर्को सूचना जारी नभएसम्म अस्पताल नखुल्ने अस्पतालले जनाएको छ। संक्रमण फैलिने जोखिम भएकाले आकस्मिकसमेत सबै उपचार सेवा बन्द गर्न बाध्य भएको अस्पतालले जनाएको छ।