कर्णालीमा थप १६ जनामा कोरोना संक्रमण, प्रदेशभर २७८ संक्रमित

कर्णालीमा थप १६ जनामा कोरोना संक्रमण, प्रदेशभर २७८ संक्रमित

काठमाडौं । कर्णाली प्रदेशका तीन जिल्लामा बुधबार १६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यससँगै संक्रमितको संख्या २७८ पुगेको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पताल सुर्खेत÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सल्यानको कुमाख गाउँपालिका–३ का दुईजना पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै, दैलेखको नौमुले गाउँपालिका–८ का एक पुरुषमा पनि संक्रमण पुष्टि भएको हो ।

यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको प्रयोगशालामा दैलखको नारायण नगरपालिका–२ का पाँचजना पुरुष, दुल्लु नगरपालिका–२ का एक पुरुष संक्रमण पुष्टि भएको स्वास्थ्य महाशाखाले जानकारी दिएको छ ।

जुम्लाकै प्रयोगशालामा गरिएको परीक्षणमा कालीकोटको महावै गाउँपालिका–२ मा एक, वडा नम्बर ४ का दुई, तिलागुफा नगरपालिका–२ मा एक, पर्लौता गाउँपालिका–७ मा एक, शुभकालिका गाउँपालिका–३ मा एक र सान्नित्रिवेणी गाउँपालिकामा एक महिलामा संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित खवर