गण्डकी प्रदेशका थप १ जनामा कोरोना पुष्टि , संक्रमितको संख्या ३८ पुग्याे

गण्डकी प्रदेशका थप १ जनामा कोरोना पुष्टि , संक्रमितको संख्या ३८ पुग्याे

नवलपरासी : गण्डकी प्रदेशमा थप १ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

नवलपरासी बुलिङटार गाउँपालिकाका १६ बर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

कपिलवस्तुको बाडगंगा नगरपालिकास्थित शिद्धार्थ क्याम्पसको क्वारेन्टाइनमा रहेका उनको अहिले चितवन भरतपुर उपमहानगरपालिका स्थित कोरोना अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८ पुगेको छ ।

अहिलेसम्म गण्डकी प्रदेशमा बागलुङका ८ जना, स्याङ्जाका १२ जना, नवलपरासी बर्दघाट सुस्ता पूर्वका १० जना, लमजुङका १ जना, म्याग्दीका १ जना, तनहुँका १ जना र पर्वतका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये बागलुङका २ जना र लमजुङका १ जना संक्रमणमुक्त भई घर फर्किसकेका छन् ।

सम्बन्धित खवर