पथरीमा नेकपाको सेटिङ, कसैलाई थाहै नदिइ सामुदायिक भवन सिलान्यास

पथरीमा नेकपाको सेटिङ, कसैलाई थाहै नदिइ सामुदायिक भवन सिलान्यास

पथरी, पछिल्लो समय पथरीमा नेकपाले आफुखुसी गर्न थालेको छ । प्रदेश सभा सदस्य सुयर्माराज राईको निर्वाचन क्षेत्र विकास कोषको बजेटबाट नेकपाको सेटिङमा उपभोक्ता समिति बनाएर सामुदायिक भवन निर्माणको काम थालिएको छ ।

सांसद राईलाई समेत थाहै नदिइ नेकपाका स्थानीय नेता र प्रदेश सभा सदस्य कृष्ण कुमारी राईले आफ्ना मातहतका मान्छेलाई उपभोक्तामा राखेर काम गरेको सुयर्माले बताउनुभयो । पथरी शनिश्चरेको वडा नं. २ मा सामुदायिक भवन निर्माणका लागि विनियोजन भएको बजेटमा नेकपाले सेटिङ गरेको बताउनुभयो ।

गत जेठ १५ गते भवनको जगको काम आधाभन्दा बढि काम सकेर सिलान्यास भएको थियो । सिलान्यास गर्दा नै जगको काम सकेर गर्नु, सम्बन्धित सांसदलाई थाहै नदिइ आफ्नो मातहतका उपभोक्ता राख्नु्ले योजनामा ठुलै चलखेल भएको बुझिन्छ ।

प्रदेश सरकारले आफ्ना प्रत्यक्ष निर्वाचित सांसदलाई दिएको कार्यक्रम ‘एक निर्वाचन क्षेत्र एक सामूदायिक भवन निर्माण’ अन्तरगत यो कार्यक्रम पथरीशनिश्चरे २ मा आएको हो तर प्रत्यक्ष निर्वाचित सांसद कांग्रेस भएकै कारण बल मिच्याई गरी समानुपातिक सांसद राईले काम गर्न निर्देशन दिएको बुझिएको छ । राई कै आर्शीवादमा उपभोक्ता समिति गठन गरी शहरी विकास कार्यालयमा सम्झौता भएको समेत खुलेको छ । कानून, विधि र मापदण्ड विपरित भवन निर्माण प्रक्रिया सुरु भएपछि प्रत्यक्ष निर्वाचित सांसद सुयर्माराज राईले निर्माण कार्य बन्द गर्न शहरी विकास कार्यालयलाई सुझाउनु भएको थियो । जुन दिन शिलान्यास भयो, सोही दिन शहरी विकास कार्यालयका निमित्त प्रमुख राम सुवरण चौधरीले काम रोक्न निर्देशन दिनु भएको थियो । कार्यालयले सोही दिन निर्देशन सहितको पत्र उपभोक्ता समितिलाई पठाएको थियो तर उपभोक्ता समितिका सचिव कमलनिधि घिमिरेले पत्र आएको थाहा नै नपाएको बताउनु भयो । ‘‘पत्र आएको थाहा भएन, फोटो कपि चाँहि फेसबुक तिर देखेको थिएँ’’ घिमिरेले भन्नुभयो ।

                                                                          काम रोक्न आदेश गरेको पत्र

तर, फेसबुकमा मात्रै थाहा पाउनु भएका सचिवले जेठ १८ गते काम गर्न पाउँ भन्दै फुकुवाको लागि पत्रचार गर्नु भएको छ । शहरी बिकास कार्यालयको पत्र प्राप्त नभएको हवला दिने सचिव घिमिरेले फुकुवा गरी दिन माग गर्दै याचना पठाएको पत्रका विषयमा केही खुलाउन चाहनु भएन ।

काम सुरुगर्न आदेश दिन माग गरेको पत्र
                                                                               काम सुरुगर्न आदेश दिन माग गरेको पत्र

स्थानीयको ब्यापक बिरोध हुँदा हुँदै किन सामूदायिक भवन मन्दिर भित्रै बनाउनु प¥यो भन्ने प्रश्न झनै अनुत्तरित भएको छ । मुलुक बन्दाबन्दीमा छ । विषम परिस्थितिमा नेकपाका नेता तथा कार्यकर्ता ढोका हुँदाहुँदै किन जस्केलो प्रयोग गरिरहेका छन् । कांग्रेसका २ नं. वडा सभापति समेत रहनु भएका समाजसेवी मानबहादुर पाठकले भन्नुभयो । पाठकका अनुसार एउटा कोठा भित्र २÷४ जना बसेर उपभोक्ता समिति गठन गरिएको छ । सामूदायिक भवन बनाउने विषयलाई एउटा धर्मशाला बनाउने जस्तै गरी हेरिएको छ । हामीले मन्दिरमा धर्मशाला आवश्यक छैन भनेका छैनौं । हाम्रो भनाई सामूदायिक भवनमा सबै जात, धर्म, वर्ण,लिङ्ग र समूदायको अपनत्व होस भन्ने हो । २ नं. वडामा बौद्ध, किरात, हिन्दु, ईसाइ र मुस्लिम धर्मावलम्बीको बसोवास रहेको छ ।

स्थानीय पर्शुराम गुरुङले समेत मन्दिर भित्र सामूदायिक भवन बनाउनु नहुने बताउनु  भयो । उहाँले आफूले अढाई कट्ठा जग्गाको स्वीकृति लिएर जाँदा शहरी विकास कार्यालयले मापदण्ड नपुगेको भनेर काम गर्ने प्रक्रिया अघि नबढाएको बताउनु भयो । अहिले सांसदको दबाबमा अर्कै स्वायत्त संस्थाको आँगनमा लगेर सामूदायिक भवन बनाउन थालेको गुरुङको भनाई छ ।

उता प्रत्यक्ष निर्वाचित सांसद राईले आम नागरिकको भेला बोलाएर उपभोक्ता समिति गठन गर्नु पर्नेमा जोडदिनु भयो । उहाँले आसेपासे एक दुई जनालाई कोठामा राखेर गठन भएको उपभोक्ता समितिले काम गर्न नसक्ने उहाँको भनाई छ । राईले मन्दिरका लागि सामूदायिक भवन आवश्यक छैन् भन्ने होइन तर प्रदेश सरकारले जुन उदेश्यले भवन निर्माण गर्न खोजेको हो त्यो उदेश्य पुरा भएन । उहाँले लकडाउनको बेला साथीहरूले सामूदायिक भवन बन्न थाल्यो भनेर खबर गरेपछि मात्रै थाहा पाएको बताउनु भयो ।

१ नं. प्रदेशमा मोरङ क्षेत्र नं ३ (क) का प्रदेश सभा सदस्य एवं प्रदेश सभामा कांग्रेस संसदीय दलका सचेतक सुयर्माराज राईको पहलमा १ सांसद, १ वार्ड १ सामूदायिक भवन कार्यक्रम अन्तरगत सामूदायिक भवन निर्माण गर्न २० लाख रुपियाँ बजेट विनियोजन भएको थियो । सोही बजेट अन्तरगत उक्त सामूदायिक भवन निर्माण हुन लागेको हो ।

यसै बीच नेपाली कांग्रेस पथरी शनिश्चरे नगर समितिले समेत विज्ञप्ति निकालेर मापदण्ड विपरित मन्दिरको आँगनमा सामूदायिक भवन निर्माण नगर्न चेतावनी दिएको छ । मन्दिर हिन्दूको आस्थाको केन्द्रको मन्दिरलाई विवादमा ल्याएर राजनीति नगर्न कांग्रेसले सुझाएको छ ।

सामूदायिक भवन भब्य बनाउ । राम्रो बनाउ । तर , बिधि, नियम र मापदण्ड मिचेर होइन । नगर सभापति ईश्वर थापाले भन्नुभयो । सामूदायिक भवन सबै जात, धर्म, लिङ्ग वर्ण र समूदायको अपनत्व हुने गरी निर्माण हुनुपर्छ भन्ने मान्यतामा कांग्रेस दृढ छ । भोलिका दिनमा आउने संकटको सामना विधि र नियमलाई धोती लगाएर जवरजस्ती काम गर्नेहरूले लिनु पर्छ– कांग्रेस सभापति थापाले भन्नुभयो ।

सम्बन्धित खवर