पथरीको क्वारेन्टिनमा ५० बेड

पथरीको क्वारेन्टिनमा ५० बेड

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले कोरोना भाइरसको संक्रमणबाट जोगिन खडा गरेको प्रारम्भिक स्वास्थ्य सुरक्षाको एकान्तस्थल ‘क्वारेन्टिन’ का लागि हालसम्म ५० वटा बेड तयार भएको छ ।

‘होल्डिङ एरिया’ को रुपबाट अघि बढ्दै पथरी बहुमुखी क्याम्पसमा सुरु गरिएको ‘क्वारेन्टिन’ मा यस अघि ३५ बेड रहेकोमा १५ बेड थप्ने काम भइरहेको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाउनु भयो ।

भारत लगायतका देशबाट घर फर्किनेहरुबाट कोरोना भाइरसको जोखिम बढ्न नदिन र घर फर्किनेहरुलाई पनि सुरक्षित बनाउन नगर कार्यपालिकाको निर्णय अनुरुप नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको व्यवस्थापनमा ‘क्वारेन्टिन’ स्थापना गरिएको हो ।

भारतबाट आएका हालसम्म ३३ जना क्याम्पसको ‘क्वारेन्टिन’ मा बसिरहेका छन् । त्यस बाहेक नगरकै निगरानीमा ६ जना होम क्वारेन्टिनमा, २ जना कानेपोखरी गाउँपालिका फिर्ता र १ जना क्षयरोगका विरामी भएकाले उपचारका लागि धरान पठाइएको छ ।

‘क्वारेन्टिन’ का लागि पथरी अस्पतालले १०, कावेली अस्पतालले १०, मोरङ अस्पतालले ६, सुदिप मेडिकलले ४ वटा बेड प्रदान गरेको छ । अन्य बेड नगर अस्पताल र नगरपालिकाको समन्वय समितिले व्यवस्थापन गरेको छ ।

सम्बन्धित खवर