नीजि विद्यालयले विद्यार्थीबाट कुनै बहानामा पैसा असुल गरेको भेटिएमा छाड्दैनौ : बिकास थापा

नीजि विद्यालयले विद्यार्थीबाट कुनै बहानामा पैसा असुल गरेको भेटिएमा छाड्दैनौ : बिकास थापा
पोखरा : नेपाल विद्यार्थी संघ कास्कीले विद्यार्थीहरुको पठनपाठन र स्वास्थ्यलाई ध्यानाकर्षण गर्दै बिज्ञप्ति जारी गरेको छ ।
नेपाल विद्यार्थी संघ कास्कीका निवर्तमान सभापति बिकास थापाले आइतबार शिक्षा मन्त्रीद्वारा असार १ गतेबाट पठनपाठन सुरु गर्न आव्हान गरिएको बिषय सरासर विद्यार्थीहरुको स्वास्थ्य माथी खेलवाड गर्न खोजिएको प्रष्ट देखिएको जनाउँदै उक्त आव्हान तत्काल फिर्ता लिन र विद्यार्थीको स्वास्थ्य र पठनपाठनलाई ध्यानाकर्षण गर्दै बिज्ञप्ति जारी गरेर सरकारलाई र स्थानीय प्रशासनको ध्यान केन्द्रीत गरिएको बताएका छन् ।

नेता थापाले बिज्ञप्ति मार्फत  नीजि विद्यालयहरुलाई अनलाइन कक्षा र भर्ना लगायतका कुनै पनि बहानामा शुल्क नलिन अनुरोध गर्दै त्यस्तो कार्य गरिएको भेटिएमा नेविसंघ कास्की त्यसको विरुद्धमा रहने र असहज परिस्थितिको जिम्मा निजी विद्यालयहरु र प्रशासनले लिनुपर्ने समेत प्रष्ट पारेका छन् ।

सम्बन्धित खवर