नेविसंघ नेताले केहि गरिब परिवारका छोराछोरीलाई आफ्नो खर्चमा पढाईदिने

नेविसंघ नेताले केहि गरिब परिवारका छोराछोरीलाई आफ्नो खर्चमा पढाईदिने

नेपाल विद्यार्थी संघ कास्कीका नेता, समाजसेवी तथा स्पाइरल ग्यालेक्सी स्कुलका फाउन्डर डिफान भुजेलले केही गरिव तथा विपन्न परिवारका छोराछोरीलाई निःशुल्क पढाउने घोषण गरेका छन् । भुजेलेल आफ्नो जन्मदिनको अवसरमा जेठ २० गते १० जना विद्यार्थीलाई स्पाइरल ग्यालेक्सी स्कुल पोखरामा १० कक्षासम्म निःशुल्क पढाई दिने घोषणा गरेका हुन्।

भुजेलले अघिल्लो बर्ष १० जना कृषक परिवारका विद्यार्थीले विद्यालयमा शुल्क तिर्न नसकेर बसेकाहरुको पनि अघिल्लो १ बर्षको विद्यार्थी शुल्क आफ्नो कोषबाट तिरिदिएको बताएका छन्। विद्यार्थी नेता भुजेलले त्यस अन्तर्गत गरिब र मजदुरका छोराछोरी पर्ने जनाएका छन्।

साथै अन्य विद्यार्थीका परिवार कृषक भएमा उनीहरूको अन्न खेतीको जिम्मा आफ्नो संस्थाले लिइदिने बताए । मजदुरी गरि खान खोज्नेलाई काम समेत दिने बुजेलेल बताए । अन्य कृषक र मजदुरले आफ्ना छोराछोरीको विद्यार्थी शुल्क तिर्न नसक्ने स्थिति सिर्जना भएमा (आफ्ना हजुरबुवा) पुर्ण बहादुर भुजेल नामक कोषबाट तिरिने घोषणा समेत गरेका छन्।

विद्यार्थी नेता भुजेलले आफुलाई धन कमाएर धनी बन्न भन्दा जनताको मन कमाएर धनी बन्न मन भएको र आफुले बि.पि.को समाजवादलाई ध्यानाकर्षण गरेर उक्त घोषणा गरेको जानकारी दिए ।

सम्बन्धित खवर