किरण न्यौपाने, रंगेली
मोरङ्गको रंगेली नगरपालिकाले लकडाउनका कारण जनजिवन प्रभावित हुदै गएपछी दोस्रो चरणको राहत वितरण थालेको छ । दैनिक मजदुरी गरि खाने र समस्यामा परेका परिवारहरुलाई लक्षीत गरी नगरपालिकाले दोस्रो चरणको राहत वितरण थालेको रंगेली नगरपालिका मेयर दिलिप वगडियाले बताए ।
रंगेली नगरपालिकाले नगरका ९ वटै वडा कार्यालयहरु मार्फत राहत वितरण गर्ने जनाएको छ । सोही क्रममा रंगेली वडा नं. ६ र ७ कार्यालयले राहत वितरण गरिरहेको रंगेली नगरपालिकाको योजना प्रमुख कृष्ण भट्टराईले जानकारी दिए । पहिलो चरणमा करिव ९ हजार १० परिवारलाई राहत वितरण गरेको नगरपालिकाले दोस्रो चरणमा वैदैशिक रोजगारीबाट फर्किएका केही परिवार सहित पहिलो चरणमा राहत बुझेका परिवारहरुलाई राहत उपल्वध गराइने योजना प्रमुख भट्टराईले जानकारी दिए । नगरपालिकाले दोस्रो चरणको राहतमा १५ केजी चालम र आधा लिटर खाने तेल वितरण गरिरहेको छ ।
रंगेली नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष रामचन्द्र मण्डलले पहिलो चरणमै संकलन गरिएका परिवार सहितलाई टोकन प्रणालीबाट वडा कार्यालय बाटै राहत उपलब्ध गराई रहेको बताए । लकडाउन लम्बिएसंगै स्थानिय राजनैतिक दल सहित विभिन्न संघ संस्थाहरुले दोस्रो चरणको राहत वितरणका लागि नगरपालिकालाई ज्ञापन पत्र बुझाउदै आएका थिए । रंगेली नगरपालिकाले राहत वितरण पश्चात नगर भित्रका सुत्केरी महिलाहरुलाई समेत पौष्टिक आहार उपलब्ध गराउने भएको छ । नगरपालिकाले विपद व्यवस्थापन र कार्यपालिकाको बैठक राखेर सो निर्णय गरेको हो ।