इटहरा, मोरङको रतुवामाई नगरपालिकामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्वर ६ शान्तिपुरका २२ बर्षीय नेत्रबहादुर श्रेष्ठको मृत्यु भएको हो ।
आइतबार दिउँसो हावाहुरीसहित पानी परिरहेको बेला बाख्रा लिन जाने क्रममा श्रेष्ठको चट्याङ लागेर मृत्यु भएको हो ।
चट्याङ लागे पश्चात श्रेष्ठलाई उपचारका लागि अस्पताल लैजाने तयारी गर्दैगर्दा घरमै मृत्यु भएको ६ नम्वर वडा अध्यक्ष तुलाराम लुइटेलले जानकारी दिनुभयो ।
मृतकलाई पोस्माटमका लागि मंगलबारे हस्पिटलमा लगिएको छ ।