म्याग्दीका संक्रमितसँगै आएका ४ जना महानगरकाे क्वारेन्टाइनमा

म्याग्दीका संक्रमितसँगै आएका ४ जना महानगरकाे क्वारेन्टाइनमा

पाेखरा : गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बेपत्ता भनेका व्यक्तिहरु पाेखरा महानगपालिकाकाे क्वारेन्टाइनमा रहेकाे पाइएकाे छ ।

पाेखरा महानगरले आइतबार साँझ विज्ञप्ति निकालेर उनीहरु पाेखराकै क्वारेन्टाइनमा रहेकाे बताएकाे हाे ।

भैरहवाबाट एउटै बसमा आएकामध्ये म्याग्दीकाे मालिकाका १ जनामा काेराेना पाेजेटिभ देखिएपछि उनीसँगै आएकाेहरुकाे खाेजी गर्दा अहिले सम्पर्कमा नरहेकाे भन्दै प्रदेश स्वास्थ्य निर्देशनालयले सूचना जारी गरेकाे थियाे ।

जेठ ९ गते भैरहवाको नमुना माविको क्वारेन्टाइनमा बसेकाहरुलाई म्याग्दीसम्मका लागि लिएर छुटेको ना५ख २८९८ मा सवार म्याग्दीका १ काेराेना पाेजेटिभ देखिएपछि खैलाबैला मच्चिएकाे थियाे ।

सोही बसमा आएर पोखरा महानगरपालिकाको पुरानो बसपार्कमा ओर्लेका जोगिन्द्र दर्जी र खिमबहादुर परियार साथै सोही गाडीमा मुग्लिनबाट चढेका सुमन बस्नेत र सरिता पुन समेत पोखरा महानगरपालिकाको लेकसिटी बी क्वारेन्टाइनमा ९ गतेदेखि नै बस्दै आएकाे महानगरले जनाएकाे छ ।

उनीहरुकाे स्वास्थ्य अवस्था सामान्य छ । चारैजनाकाे पिसिआर परीक्षण गरिएकाे र रिपाेर्ट नेगेटिभ आएकाे महानगरले जनाएकाे छ ।

सम्बन्धित खवर