रुकुमपश्चिम जिल्लाको चौरजहारीमा भएको घटनामा बेपत्ता भएका ६ जना सबैको शव फेला परेको छ ।
जाजरकोट भेरी नगरपालिका–४ का नबराज विक प्रेम विवाहका लागि केटी लिन आएको बेला भएको घटनामा ६ जना बेपत्ता भएका थिए ।
यसअघि ५ जनाको शव फेला परेको थियो । शनिबार छैटौँ जनाको पनि शव फेला फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ठकबहादुर केसीले जानकारी दिए ।बेपत्ता भएका भेरी नगरपालिका–४ का १९ वर्षीय गोविन्द शाहीको शव सुर्खेतको मेलकुनामा फेला परेको उनले बताए ।
शव फेला परेसँगै अब परीक्षण गरेर आफन्तलाई बुझाइने डिएसपी केसीको भनाइ छ।यसअघि जाजरकोटका भेरी नगरपालिका–४ का २१ वर्षीय नबराज विक, सोही ठाउँका गणेश बुढा, लोकेन्द्र शाही र चौरजहारीका टिकाराम सुनारको शव फेला परेको थियो ।