कोरोनाकै कारण बाजुराकी २ वर्षे बालिकाको मृत्यु, नेपालभर ज्यान गुमाउनेकाे संख्या ८

कोरोनाकै कारण बाजुराकी २ वर्षे बालिकाको मृत्यु, नेपालभर ज्यान गुमाउनेकाे संख्या ८

पाेखरा : बाजुरा अस्पतालमा आइसोलेसनमा मृत्यु भएकी २ वर्षीया बालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनको आइतबार बिहान मृत्यु भएको थियो । उनी बुढीगंगा नगरपालिका १ की हुन् । सेती प्रादेशिक प्रयोगशालामा स्वाब संकलन गरेर भर्खर मात्र रिपोर्ट प्राप्त हुँदा मृत्युको कारण कोरोना नै भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बालिकाकी २३ वर्षीया आमालाई पनि कोरोना पुष्टि भएको छ । हाल उनी सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत छिन् । मृतक बालिकासहित बुबा र आमालाई जेठ १५ गतदेखि आइसोलेसनमा राखिएको थियो । बुबाको भने रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु ८ दिन अघि भारतबाट आएका थिए ।

यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।

सम्बन्धित खवर