थप १६६ जनामा कोरोना सङ्क्रमण, संक्रमितको सङ्ख्या १५ सय नाघ्यो

थप १६६ जनामा कोरोना सङ्क्रमण, संक्रमितको सङ्ख्या १५ सय नाघ्यो

 

नेपालमा थप १६६ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार पुष्टि गरेको छ।

मन्त्रालयका अनुसार अहिलेसम्म सङ्क्रमितको कुल सङ्ख्या १५,६७ पुगेको छ।

शनिवार एकै दिन १८९ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

शनिवार एक जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका थिए।

मन्त्रालयका अनुसार अहिलेसम्म निको हुनेको सङ्ख्या २२० छ।

अहिलेसम्म पीसीआर विधिबाट कुल ६९,५८२ वटा परीक्षण गरिएको छ। विगत २४ घण्टामा २,८५३ वटा परीक्षण गरिएको डा. देवकोटाले बताउनुभयो ।

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले देशभरि १,१९,१९२ व्यक्ति क्वारन्टीन र १,३४९ जना आइसोलेशन अर्थात् चिकित्सकीय निगरानीमा अलग्गै छन्।

सम्बन्धित खवर