रतुवामाईमा राजवंशी विकास समितिको भवन शिलन्यास

रतुवामाईमा राजवंशी विकास समितिको भवन शिलन्यास

प्रबेश बिष्ट, इटहरा : मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ४ झुर्किया बजारमा राजवंशी समाज विकास समितिको नगर सभाहल भवन निमार्ण हुने भएको छ ।

तराई मधेश समृद्धि कार्यक्रम अन्र्तगत बहुबर्षीय योजनामा रहेका उक्त कार्यक्रममा २५ लाख रुपैयामा अढाई तले भवन निमार्ण हुने भएको छ ।

सो भवनको आइतबार नेकपा मोरङ जिल्ला कमिटी सचिव गणेश उप्रेतीले शिलान्यास गर्नुभएको हो ।

राजवंशी समाजले आफ्नो बंशावलीहरुको संरक्षण गर्न तथा नया पुस्ता संग पनि आफ्नो बंशावलिको पहिचान दिनलाई राख्ने उद्धेश्य सहित राजवंशी समाजको भवन निमार्ण गर्ने लागेको समाजका अध्यक्ष रामबहादुर राजवंशीले जानकारी दिनुभयो ।

रतुवामईामा छरिएर रहेका सबै राजवंशीहरुलाई एकिकृत गर्दै राजवंशी बंशको जर्गेणा गर्ने उद्धेश्यले भवनको निमार्ण गर्न लागेको शिवनारायण राजवंशीले जानकारी दिनुभयो ।

राजवंशी जातिको संस्कृती, सम्पदा र साहित्यलाई युगौ युग सम्म संरक्षणका लागी राजवंशी समाजको निमार्ण कार्यमा जोड दिएको नेकपा मोरङ जिल्ला सचिव गणेश उप्रतीले बताउनुभयो । राजवंशीहरुको मौलिक तथा पौराणिक संस्कृती,सम्पदाहरु लोप हुने अवस्था छ र कति लोप भैसकेको छ,उप्रेतीले भन्नुभयो, “ त्यस्को संरक्षणका लागी यो भवन निमार्ण हुनु अति आवश्यक रहेको छ ।”

“अहिले राजवंशीहरुले प्रयोग गर्ने पूराना समाग्रीहरु र खानाको परिकार पनि हराउदै गएको छ त्यस्तै रुाजवंशीको मौलिक संस्कृति पनि लोप हुने अवस्थामा छ,” अध्यक्ष रामबहादुर राजवंशीले भन्नुभयो, “ राजवंशी समाज विकास समितिको नगर सभाहलमा ति सवै कुराहरु समाबेश गर्ने लक्ष्य रहेको छ ।”

त्सस्तै शिलान्यास कार्यक्रममा नेकपा नेता सुमन कालिकोटे, ४ नम्बर वडा अध्यक्ष देवराज राजवंशीसहित अन्य समितिका सदस्य र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर