आफ्नो गाउँ आफै बनाउ अभियानमा मिक्लाजुङ युवा

आफ्नो गाउँ आफै बनाउ अभियानमा मिक्लाजुङ युवा

इटहरा  : कोरोनको त्रासले काठमाण्डौ लगायत देशका विभिन्न जिल्लाबाट गत चैत पहिलो सातमै घर फर्किएका पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नम्बर ६ खान्द्रोङका यूवा गाउँ बनाउ अभियानमा जुटेका छन् ।

लकडाउनको समयमा सबै यूवाहरु मिलेर बिग्रे भत्केका गाउँका भौतिक संरचना बनाउने काम यूवाले गरिरहेको युवा नेतृ प्रेमा कार्कीले बताउनुभयो ।
उहाँका अनुसार यहि साता दर्जन बढी यूवाहरुले गाउँमा भत्कीएको बाटो निमार्ण गरी सवारीसाधनको आवतजावतमा सहज बनाएका छन् ।

त्यस्तै, पुल पुलेसा बाटो घाटो सुधारलाई युवाले अघि बढाएका छन् । लकडाउनको समयमा सबै यूवा मिलेर गाउँको विकास तथा सुधारका लागि काम गरिरहने पनि नेतृ कार्कीले बताउनुभयो ।

कोरोनाले गाउँ भित्रिएका यूवा आफ्नो गाउँ आफै बनाउ भन्ने सोचका साथ सक्रियताका साथ लागि परेका छन् ।

सम्बन्धित खवर