जेठ महिनाभरि लकडाउन कायम राख्ने निर्णय, विमानस्थल असार १६ सम्म बन्द

जेठ महिनाभरि लकडाउन कायम राख्ने निर्णय, विमानस्थल असार १६ सम्म बन्द

काठमाडौं : सरकारले सातौपल्ट लकडाउनको अवधि थपेको छ । शनिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ महिनाभरि कायम राख्ने निर्णय गरेको  छ । चैत ११ गतेबाट देशव्यापी रूपमा सुरु भएको लकडाउनको पछिल्लो पटक कायम गरेको अवधि जेठ २० गते मङ्गलबार सकिँदै थियो ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले हवाइ उडान र सीमान नाका असार १६ गतेसम्म बन्द राख्ने निर्णय गरेको छ । यद्यपि भारतबाट स्थलमार्ग भएर स्वदेश फर्कन चाहने नागरिकलाई भने झापादेखि कञ्चनपुरसम्म २० वटा नाका तय गरेको छ । सरकारले तोकेको नाका बाहेक अन्यत्रबाट आवागमन हुन नदिने जानकारी स्रोतले दिएको  छ।

सम्बन्धित खवर