पोखरामा खेल्ने क्रममा दुई तलामाथीबाट बालिका खसिन्

पोखरामा खेल्ने क्रममा दुई तलामाथीबाट बालिका खसिन्

पाेखरा : पोखरा महानगरपालिका ११ फुलबारीमा दुई तले घरको छतबाट खेल्ने क्रममा बालिका खसेकी छन् ।

देबराज अधिकारीकी ३ बर्षिया छोरी युनिशा अधिकारी २ तले पक्की घरको छतबाट खेल्ने शुक्रबार साँझ खसेकी हुन् । उनको मनिपाल अस्पतालमा उपचार भएको छ ।

उनको दुबै आँखा र टाउकोमा चोट लागेको प्रहरीले जानकारी दिएको छ । त्यसै गरी बागलुङ काठेखोला गाउँपालिका वडा नम्बर ४ तम्म्राङ बस्ने ६५ बर्षिय टेक बहादुर पुन रुखबाट खस्दा घाइते भएका छन् ।

घर नजिक रहेको रुखको घाँस काट्ने क्रममा रुखबाट लडि घाइते भएका उनको धौवलागिरी अञ्चल अस्पताल बागलुङमा सामान्य उपचारपछि थप उपचारको लागि मणिपाल अस्पताल पोखरा ल्याएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

सम्बन्धित खवर