स्कूल अफ डेमोक्रेसीको गण्डकी अध्यक्षमा पराजुली

स्कूल अफ डेमोक्रेसीको गण्डकी अध्यक्षमा पराजुली

पोखरा : अग्रज पत्रकार गंगाधर पराजुलीको अध्यक्षतामा स्कूल अफ डेमोक्रेसी नामक संस्थाको गण्डकी समिति गठन भएको छ ।

स्कूल अफ डेमोक्रेसीले नेपालमा क्रियाशिल राजनितीक दलहरु , सरकार र सार्वजनिक संस्थाहरुमा लोकतान्त्रिकरणको प्रक्रियालाई प्रभावकारी बनाउन सहयोग गर्ने उद्धेश्य बोकेको छ ।

लोकतान्त्रिक मूल्य र मान्यता एवं प्रक्रियाका बारेमा सिक्ने र सिकाउने थलोको रुपमा विकास गर्ने लक्ष्य राखिएको यो संस्थाको केन्द्रीय अध्यक्ष नैनसिंह महर हुन् ।

गण्डकी अध्यक्ष पराजुलीका अनुसार गण्डकीका सबै जिल्लामा संस्थाको शाखा बिस्तार गरिएको छ । गोरखा जिल्ला अध्यक्षको जिम्मेवारी सन्तोष गुरुङलाई दिइएको छ भने तनहुँ जिल्ला समितिको अध्यक्षमा डम्वर अधिकारी रहेका छन् । यसैगरि कास्कीमा अध्यक्षमा वीरबहादुर बुढाथोकी, स्याङ्जा अध्यक्षमा अनुप श्रेष्ठ, लमजुङ अध्यक्षमा शंकर घिमिरे रहेका छन् ।

पर्वतमा वसन्तकुमार कर्माचार्य , बागलुङमा सागर छन्त्याल र म्याग्दीमा मनकुमारी विकलाई अध्यक्षको जिम्मेवारी दिइएको छ । प्रदेशका अन्य तीन जिल्लामा अध्यक्ष चयन गर्न बाँकी रहेको गण्डकी अध्यक्ष पराजुलीले बताए ।

पराजुलीले नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन र नेपाली पत्रकारको छाता संस्था नेपाल पत्रकार महासंघको केन्द्रिय उपसभापति भएर काम गरिसकेका छन । नेपाल सरकार अन्तर्गतको न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षको जिम्मेवारीबाट केही महिना अगाडी मात्र पदमुक्त भएका हुन् । उनी अभिव्यक्ति स्वतन्त्रताका पक्षपाती हुन् ।

सम्बन्धित खवर