सप्तरीमा थप ९ जना कोरोना संक्रमण

सप्तरीमा थप ९ जना कोरोना संक्रमण

 

सप्तरीमा थप ९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।

सप्तरीको डाक्नेश्वरी नगरपालिकाका एक जना महिलासहित ९ जनामा आज कोरोना भाइरसको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो।

उनीहरू सबै जनाको स्वाब धरानस्थित वीपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको प्रमुख यादवले बताउनुभयो।

संक्रमित सबै भारतबाट आएका हुन्। योसँगै सप्तरीमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ४२ पुगेको छ।

सम्बन्धित खवर