राजेन्द्र महतो, लहान । सिरहा प्रहरीले सात दिने योगा शिविर आजबाट शुरु गरेको छ।
पतंजली योग समिति सिरहाको सहयोगमा जिल्ला प्रहरी कार्यालय सिरहाले सात दिने योगा शिविर शुरु गरेको हो।
कोभिड – १९ को कारण प्रहरी कर्मचारीहरु बिच मानसिक तनाव वृद्धि हुनसक्ने अबस्थालाई मध्यनजर गर्दै तनाव व्यबस्थापनको निम्ति योगा शिविर सुरु गरेको जिल्ला प्रहरी कार्यलय सिरहाले बताए ।
जिल्ला प्रहरी कार्यालय सिरहा मा आज देखि शुरु गरिएको सो शिविर ७ दिन सम्म चल्ने जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।