डम्बर सिन्चिउरी, लेटाङ्ग
उत्तरी मोरङ्गको लेटाङ्ग नगरपालिकाले पनि कोभिड १९ कोरोना भाईरसलाई समुदाय स्तर सम्म सिधै पुग्न नदिने उद्देश्यले आवश्यक मापदण्ड अनुसारको सय बेड संख्या भएको क्वारेन्टिन तयार गर्ने भएको छ ।
नगरकै गहनाको रुपमा चिनिएको लेटाङ्ग ५ स्थित लेटाङ्ग क्याम्पसको हलमा उक्त संख्यामा क्वारेन्टिन निर्माण गर्न लागिएको नगर उपप्रमुख कृष्णकुमारी निरौलाले बताउनुभयो ।
सिमा क्षेत्रमा आएका आफ्ना नगरवासीलाई नगरले कम्तीमा १४ दिन क्वारेनटिनमा राखेर स्वास्थ्य चोकजाँच गरेर मात्रै घर पठाउने निरौलाले बताउनुभयो ।
केही दिन अघि मात्र भारतबाट एक महिला सहित आठ जनाको समुहलाई सिमाक्षेत्रबाट लेटाङ्ग भित्र्याएसँगै क्वारेन्टिनको आवश्यकता महसुस गरेर निमार्ण गर्ने तयारीमा लागेको नगरका प्रमुख प्रसाशकिय अधिकृत अच्युत प्रसाद दाहालले बताउनुभयो । बाहिरबाट मानिसहरु आउने जानकारी पाएपछि न्यूनतम मापदण्डका २६ बेडको क्वारेनटिन सुरु गरेको दाहालले बताउनुभयो ।
अहिले सम्म क्वारेन्टिनमा बस्नेहरुमा लेटाङ्ग एक का ३ जना, चार का ४ जना र नौ का १ जना रहेका छन् । उनिहरुको समग्र अवस्था बारे केही दिन अघि स्थानिय सामुदायीक वनको क्वारेन्टिन पुगेर नगर प्रमुख शंकर राईले अनुगमन समेत गरेको बताईएको छ ।
क्वारेन्टिनमा बसेकाहरुलाई हाल २ पटक खाना र नास्ता, सेनिटाईजर, माक्स उपलब्ध गराएको छ । यसैगरी स्वच्छ पिउने पानी, उचित सौचालय सम्मको न्युनतम आवस्कता मात्र उपलब्ध गराईएको छ । अब छिट्टै नै स्वास्थ्यको टोली पनि खटाईने छ । आजैबाट सुरक्षाको पनि व्यावस्था गरिने छ । यसै गरी संख्या वृद्धि भएसँगै मेष व्यवस्थासँगै वाईफाईको समेत व्यवस्था गरिने लेटाङ्ग स्वास्थ्य शाखा प्रमुख महेन्द्र चौधरीले जानकारी दिनुभयो ।
के छ त अहिले सम्म को लेटाङ्ग को समग्र अवस्था ?
हाल सम्म कुनै पनि कोरोना पोजेटिभ विरामी नदेखिएको लेटाङ्ग नगरपालिकाले दुई हप्ता अघि सम्म विहान र साँझ गरी जम्मा ६ घण्टा अत्यावश्यक सामाग्रिका पसल खोल्दै आएको थियो । हाल विहानको ६ घण्टा मात्र त्यस्ता पसल खोल्न दिएको छ । लकडाउनको शुरुदेखि नै पुर्ण पालना गरीरहेको लेटाङ्ग नगरले गत जेष्ठ ९ देखि १२ गते सम्म भने नगरलाई पुर्ण सिल गरेको थियो । हाल सम्म ५५ वटा आरडिटी परीक्षण गरेको छ । हहालसम्म नगरका कुनै पनि नागरिकको पिसिआर परीक्षण भने नगरेको स्वास्थ्य शाखा प्रमुख चौधरीले जानकारी दिनुभयो ।
लेटाङ्गमा केही समय अघि देखि अहिले सम्म स्थानिय खोलाजन्य पदार्थको उत्खनन् र ढुवानी, निकासी निर्वाद भैरहेको छ । स्थानिय क्रसरहरु पनि संचालनमा रहेका छन् । यसै गरी सडक निर्माणले तिव्रता पाएको छ । सरकारी राहात दोश्रो पटक सम्म वितरण गरियो भने अब भने स्थानिय संयन्त्रको अनुगमन र विपन्नको निवेदनको आधारमा मात्र राहात वितरण गर्ने योजना रहेको लेटाङ्ग ९ का वडाध्यक्ष कृष्ण लुईंटेलले जानकारी दिनुभयो ।