कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाले नेपालमा मृत्यु हुनेको संख्या ६ जना पुगेको औपचारिक रुपमा पुष्टि गरेको छ ।

मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले भूमिकास्थान नगरपालिका ९ अर्घाखाँचीका ३५ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको पुष्टि गरे ।

उनको जेठ १० गते मृत्यु भएको र परीक्षणमा कोरोना देखिएको उनले बताए । हालसम्म संक्रमण पुष्टि भएकामध्ये यो संख्यासहित सिन्धुपाल्चोकमा एक र बाँकेमा एक, गुल्मीमा एक, ललितपुरमा एक, बारामा एक गरी मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

सम्बन्धित खवर