उत्कृष्ट कार्य सम्पादन गरेवापत गण्डकी प्रदेश सरकारद्धारा पर्वतकी सिडिओ सम्मानीत

उत्कृष्ट कार्य सम्पादन गरेवापत गण्डकी प्रदेश सरकारद्धारा पर्वतकी सिडिओ सम्मानीत

पर्वत : गण्डकी प्रदेशका ११ जिल्ला मध्ये उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै गण्डकी प्रदेश सरकारले पर्वतका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई प्रशंसा पत्र प्रदान गर्दै सम्मानीत गरेको छ ।

गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले कोरोना नियन्त्रण र दैनिक कार्य सञ्चालनमा सिडिओ नेपालले प्रदेश भरीमा उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरेका हुन । पर्वत जिल्लाबाट चितवन जिल्ला प्रशासन कार्यालयमा सरुवा भएर गएकी नेपालले पर्वत जिल्लामा रहँदा प्रदेश भरीका अन्य जिल्लाको तुलनामा उत्कृष्ट कार्य गरेको भन्दै मुख्य मन्त्री गुरुङले प्रशंसा पत्र प्रदान गरेका छन् ।

मुख्य मन्त्रीको कार्यालयले आयोजना गरेको विदाई कार्यक्रममा मुख्य मन्त्री गुरुङ, आन्तरीक मामलिा मन्त्री हरीबहादुर चुमाङ र प्रदेशका प्रमुख सचिव हरीबहादुर बस्यालले एक कार्यक्रमका वीच प्रशंसा पत्र प्रदान गर्दै नेपाललाई प्रशंसा पत्र सहित सम्मान गरेका हुन् ।

पर्वतमा कार्यालय प्रमुखको रुपमा रहँदा नेपालले उत्कृष्ट कार्य सञ्चालन गरेको गण्डकी प्रदेशको ठहर छ । मुख्य मन्त्री गुरुङले महिला भएर पनि कार्यालय प्रमुखको भूमिका कुशलता पूर्वक निर्वाह गरेको भन्दै प्रशंसा गरेका थिए । उनले कोरोना नियन्त्रणमा प्रदेश भरीमै अगुवाई पर्वत जिल्लाले गरेको समेत बताए ।

कारोनाको रोकथाम र न्यूनिकरणमा पर्वत जिल्ला प्रदेश भरीकै उत्कृष्ट जिल्लाका रुपमा रहेको छ । कोरोनाका कारण भएको लक डाउनमा खाद्यन्न सामाग्रीको स्टक, विक्री र बजार मूल्यका आधारमा कुश्मा बजार उत्कृष्ट बजारको रुपमा चिनिएको थियो ।

पर्वत जिल्लाको सुरक्षा संयन्त्रको अगुवाई गर्दै नेपालले सरकारले लक डाउन गर्नुपूर्व नै पर्वतमा एक दिन अघि नै लक डाउनको घोषणा गरी पर्वतलाई सुरक्षित बनाएकी थिइन ।

यसैगरी कोरोना नियन्त्रणमा कोरोना विशेष अस्थायी अस्पतालको स्थापना गर्न, होटलहरुमा पुलिङ क्वारेन्टाइनको निमाृण गर्न र नाकाहरुमा कडाई गरी पर्वतलाई सुरक्षित बनाउन उनको विशेष भूमिका थियो ।

प्रजिअ नेपालले भ्रष्टचार न्यूनीकरण गर्न नागरिक निगरानी समूह गठन देखि कार्यालयका दैनिक गतिविधिहरुलाई सरल र सहज बनाएकी थिइन् । जिल्ला प्रमुखको कार्यभार सम्हाल्दा उनले विकास आयोजनाहरुको विवाद समाधान देखि आयोजनामा उल्लेखनीय प्रगति हुने गरी काम गर्ने वातावरण मिलाइएकी थिइन् । प्रजिअ नेपाललाई यस अघि पर्वत स्थित विभिन्न संघ संस्थाहरुले औपचारिक रुपमा विदाई गरेका थिए ।

सम्बन्धित खवर