महोत्तरीमा एकैदिन १७ जनामा कोरोना पोजेटिभ, कन्ट्याक्ट ट्रेसिङ्ग तथा ट्राभेल हिस्ट्रीमा जोड

महोत्तरीमा एकैदिन १७ जनामा कोरोना पोजेटिभ, कन्ट्याक्ट ट्रेसिङ्ग तथा ट्राभेल हिस्ट्रीमा जोड

महोत्तरी : जलेश्वरमा एकै दिन १७ जनामा कोरोना पोजेटि देखिएपछि कन्ट्याक्ट ट्रेसिङ्ग तथा ट्राभेल हिस्ट्रीमा जोड दिन थालिएको छ ।

यसका लागि जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले पिपरा गाउँपालिका, पिपरा स्वास्थ्यचौकीमा ५० शैया र बर्दिबास नगरपालिकामा ५० शैया आइसोलेशन स्थापना गर्ने निर्णय गरेको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको अध्यक्षतामा बसेको केन्द्रको शुक्रबारको बैठकले क्वारेन्टिनमा बसेकाहरुको कोभिड पोजेटिभ केसको कन्ट्याक्ट ट्रेसिङ्ग तथा ट्राभेल हिस्ट्री स्थानीय तहले स्वास्थ्यकर्मीबाट तथा बाहिर रहेकाहरुको जिल्ला स्वास्थ्य कार्यालयबाट लिने निर्णयसमेत गरेको छ ।

सम्बन्धित खवर