कोरोना बिरामीको बिषय लिएर रौतहटमा प्रहरी र स्थानिय बिच झडप

कोरोना बिरामीको बिषय लिएर रौतहटमा प्रहरी र स्थानिय बिच झडप

विवेक शर्मा

राैतहट : रौतहटमा आइसोलेसन निरमाण गर्ने बिषयमा प्रहरी र स्थानिय बीच झडप भएको छ । रौतहटको दक्षिण र पश्चिमी भेग भारतको सिमाना सङ्ग जोडिएर रहेको ईशनाथ नगरपालिकाको वार्ड न ७ जोकाहा टोलमा प्रहरी र स्थानिय बीच झडप भएको हो ।

उक्त वार्डमा रहेको अनावारुल ईस्लामिक मर्दसामा रहेका दुई जना व्यक्तिमा कोरोना पोजेटिभ भए पछि उक्त व्यक्तिलाई आईसोलेसनमा ल्याउन पुगेका प्रहरी र चिकित्सक टोलीलाई स्थानियले अवरोध गरेपछि झडप भएको हो ।

नगरपालिका भित्र नै आईसोलेसन कक्ष बनाएर राख्न माग गर्दै स्थानियले बिरोध गरेपछि प्रहरी र स्थानिय बिच झडप सुरु भइ उग्र रुप लिन थाले पछि प्रहरीद्वारा अश्रु ग्याँस र हवाई फायर गरेको छ । झडपको क्रममा प्रहरीको गाडी तोडफोड भए सङ्गै केहि व्यक्तिहरु पनि घाईते भएको श्रोतले जनाईएको छ ।

समान्य जडपबाट उग्ररुप लिए पछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ त्याहाको अवस्था अहिले पनि तनावपूर्ण रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार स्थानीयले ढुङ्गा हान्न थालेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको हो । आक्रोसित स्थानीयले प्रहरीको गाडीमा तोडफोड समेत गरेका छन् ।

कोरोना संक्रमितलाई मध्य क्षेत्रिय प्रहरी आवसिय विद्यालय गरुडामा स्थापना गरिएको आइसोलेसनमा ल्याउन लाग्दा स्थानीयले अवरोध गरेपछि झडप भएको ईशनाथ नगरपालिका नगर प्रमुख सन्तोष मेहताले बताएका छन् ।

संक्रमित रहेको स्थानबाट आइसोलेसन कक्ष करिब २५ किलो मिटरको दूरीमा रहेको हुदा स्थानियहरुले जोकाहामै आइसोलेसन बनाइ उपचार गर्ने माग गरेको नगर प्रमुखले बताए ।

सम्बन्धित खवर