चीनसँग सिमा जोडिएको मुस्ताङको नेचुंगमा बीओपी स्थापना

चीनसँग सिमा जोडिएको मुस्ताङको नेचुंगमा बीओपी स्थापना

मुस्ताङ : सरकारले चीनसँग जोडिएको मुस्ताङको कोरला नाका नजिकै सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरेको छ ।

सशस्त्र प्रहरी बलका एआईजी नारायणबाबु थापा र गण्डकी प्रदेश सांसद इन्द्रधारा विष्टले बिहिबार संयुक्त रुपमा मुस्ताङको कोरला नाका नजिकैको नेचुंगमा बीओपी स्थापना गरेका हुन् ।

कार्यक्रममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी बेदप्रकाश अर्याल, डिआइजी कविन्द्र मान श्रेष्ठ, लोमान्थाङ गाउँपालिकाका अध्यक्ष नम्दु गुरुङ, दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ राजु विष्ट लगायत उपस्थित थिए । एआईजी थापाले नेचुंगमा जग्गा प्राप्त भइसकेको र भविष्यमा ब्यारेक बन्ने तयारी रहेको जानकारी दिए । पोष्टमा प्रहरी निरीक्षकको नेतृत्वमा २० जना खटिने छन् ।

सिमा नाकामा पोष्ट स्थापना भएसंगै सिमा अनुगमन, अपराध नियन्त्रण, राजस्व संकलन र चोरी निकासीमा ठूलो सहयोग पुग्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए ।

यसअघि चिनसंग सिमा जोडिएको संखुवासभामा बीओपी स्थापना भएको थियो । भारततर्फ जोडिएका तीन दिशाका नाका र चीनसँगको उत्तरी नाकामा गरि हालसम्म एक सय २२ बीओपी स्थापना भएका छन् ।

सम्बन्धित खवर