समाजसेवी जोडी रहत वितरणमा व्यस्त

समाजसेवी जोडी रहत वितरणमा व्यस्त

राजेन्द्र महतो, लहान

सिरहाको लहान नगरपालिकाका एक समाजसेवी जोडी रहात वितरणमा व्यवस्त छन् । महेश र संगिता चौधरीले लकडाउनमा समस्इामा परेकालाई राहत वितरण गरिरहेका हुन् ।

लहानका विभिन्न गरीब तथा विपन्न वर्गका परिवारलाई राहत सामग्री वितरण गर्दै गरिरहेका छन् । उनिहरुले लहान नगरपालिकाका करीब २ हजार गरीव तथा बिपन्न वर्गका परिबारमा करीब दुई सय क्विन्टल चामल, एक हजार लिटर खाने तेल लगायतका समग्री बितरण गरिसकेको बताएका छ्न् ।

उनीहरु लहान नगरपालिकाका सबैवडाहरुमा विभिन्न व्यक्तिलाई परेको समस्यालाई बुझ्दै खाद्यान्नका साथै आवश्यकीय वस्तु उपलव्ध गराउदै आइरहेका छ्न् । सेवा नै धर्म भएकाले जतिसक्दो सेवा गर्नुपर्छ भन्ने उनीहरु बताउँछन् ।

कोरोना भाइरसका कारण भएको लकडाउनले मानिसको दैनिक जीवन अस्तव्यस्त भएको हुँदा समस्या परेकालाई सहयोग गरेको समाजसेवी संगीता कर्माचार्य चौधरीले बताइन् । चौधरीका अनुसार बिपन्न परिवारलाई प्रति परिवार १० किलो चामल, १ किलो नुन, आधा लिटर खानेतेल, सोयाबिन लगायतका दैनिक उपभोग्य सामग्रीहरु वितरण गरिएको छ ।

उनीहरुको यस अभियानमा निजि तथा केहि सहयोगी हातहरुको आर्थिक योगदान रहेको समाजसेवी महेश चौधरीले बताए ।

सम्बन्धित खवर