रौतहटमा झडप, १२ राउण्ड हवाइफायर

रौतहटमा झडप, १२ राउण्ड हवाइफायर

विवेक मिश्र, रौतहत

रौतहटको मध्यपश्चिम भागमा पर्ने कटहरिया नगरपालिकामा क्वारेन्टिन निर्माणको विषय लिएर झडप भएको छ । उक्त झडप नियन्त्रण गर्न प्रहरीले १२ राउन्ड हवाई फायर गरेको छ ।

कटहरिया नगरपालिकाको वडा नं १ को भसेडवामा अवस्थित रहेको भसेडवा माध्यमिक विद्यालयमा क्वारेन्टिन निर्माण गर्न लाग्दा स्थानीयहरुसँग विवाद भएपछि झडप भएको हो । विद्यालय घना बस्तीसँग जोडिएर रहेको हुदा क्वारेन्टिन राख्न नदिन भएको बिवादमा स्थानीयले ढुङ्गामुढासमेत गरेका थिए ।

झडपलाई नियन्त्रण गर्न खोज्दा प्रहरी सहायक निरीक्षक हिरालाल साहको टाउकोमा गहिरो चोट लागेको छ । प्रदर्शनकारीको ढुंगाले लागेर घाइते भएका उनलाई उपचारका लागि गरुडा ल्याइएको छ ।

स्थानीयसँगको विवादले उग्र रुप लिएर झडपमा परिणत भए पछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक रविराज खड्काले बताए ।

‌कटहरिया ५ को जनता माध्यमिक विद्यालयमा रहेको एकमात्र क्वारेन्टिनमा दुई सय भन्दा बढी व्यक्ति भएपछि नगरपालिकाले अर्को स्थानमा क्वारेन्टिन निर्माण गर्न खोजेको हो ।

सम्बन्धित खवर