नेपालको नयाँ नक्सामा दीप प्रज्ज्वलन गरेर कांग्रेसले लेकसाइडमा गणतन्त्र दिवस मनायो !

नेपालको नयाँ नक्सामा दीप प्रज्ज्वलन गरेर कांग्रेसले लेकसाइडमा गणतन्त्र दिवस मनायो !

कास्की : नेपाली कांग्रेस पोखरा ६ टोल समिति ४ ले गणतन्त्र दिवसको अवसर पारेर नेपालको नयाँ नक्सामा दीप प्रज्ज्वलन गरेर मनाएको उक्त समितिका सचिब बिपिन पौडेलले  जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस पोखरा ६ इकाइ सभापति बलराम गिरि, पोखरा ६ का वडा अध्यक्ष जगत पहारी, प्रजातान्त्रिक योद्धा अग्रज नेता होम बहादुर लामिछाने, नेपाली कांग्रेसका पुर्ब नगर कार्यबाहक सभापति अग्रज नेता नेत्रपाणी न्यौपाने, नेपाल विद्यार्थी पोखरा ६ इकाइका सभापति बिष्णु पहारी, बिद्यार्थी नेता सन्देश दाहाल, शाश्वत न्यौपाने, महिला नेतृ जमुना अधिकारी, गिता पहारी,पार्वती बोगटी, निर्मला बोगटी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम समितिकी सभापति प्रभा सुबेदीको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको संयोजकत्व शिला अधिकारीलाई दिइएको थियो। कार्यक्रममा स्वागत मन्तव्य शिला अधिकारीले राख्नुभएको थियो। कार्यक्रममा अग्रज नेता नेत्रपाणी न्यौपानेले गणतन्त्र नेपालका लागि आफुहरुले गरेको संघर्ष र त्यागको ब्याख्या गर्दै गणतन्त्रको रक्षाका लागि सबै अग्रसर भएर लाग्न आग्रह गर्नुभयो।

आफ्नो भनाइ राख्दै वडा अध्यक्ष जगत पहारीले नेपालको इतिहासको बर्णन गर्दै नेपालको भु-भाग लुट्न खोज्ने भारतलाई खबरदारी गर्नुभएको थियो। साथै नेपाली कांग्रेस वडा इकाई सभापति बलराम गिरिले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भु-भाग हो र यदि भारतले लुट्न खोजे आफुहरु चुप लागेर नबस्ने बताउँदै बर्तमान सरकारलाई भु-भाग फिर्ता ल्याउन नेपाली कांग्रेसले पुर्ण समर्थन गरेको बताउनु भयो।

कार्यक्रमको समापन गर्दै कार्यक्रमकी सभापति प्रभा सुबेदीले कार्यक्रम उपस्थित हुनुभएकोमा सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै र आफ्नो महत्त्वपूर्ण भनाइहरु राखिदिनु भएकोमा अतिथिगणहरुलाई हार्दिक आभार प्रकट गर्नुभयो।

सम्बन्धित खवर