पानीको मुहानका स्रोत सफाइ गर्दै सिथी नखः पर्व सम्पन्न

पानीको मुहानका स्रोत सफाइ गर्दै सिथी नखः पर्व सम्पन्न

भक्तपुर : भक्तपुरका नेवार समुदायमा पानीको स्रोत सफा गर्दै सिथी नखः पर्व मनाएका छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण भइरहेको ‘लकडाउन’का बीच पनि आज सिथी नखः पर्व मनाइएको हो ।

भक्तपुर र मध्यपुरथिमि नगरपालिकाका पुरानो नेवार बस्तीभित्रका पानीका मुहान, इनार, कुवा, पोखरी, ढुुङ्गेधारालगायतका पानीका स्रोत सफा गरिएको हो । पानीको महत्व र त्यसको स्रोतको संरक्षण गर्न लिच्छवीकालदेखि शुरु भएको सिथी नखः पर्वसँगै वर्षा शुरु हुने र किसान धान रोपाइँमा व्यस्त हुने मान्यता रहँदै आएको भक्तपुरका संस्कृतिकर्मी ओम धौभडेलले जानकारी दिनुभयो । पानीको स्रोत सफा गरेर चटामारी, बारा, भटमास, अदुवा र आलुको परिकार खाने प्रचलन रहेको छ ।

सम्बन्धित खवर