कृषिमा आकर्षित गर्न भूमि बैंक स्थापना गर्ने

कृषिमा आकर्षित गर्न भूमि बैंक स्थापना गर्ने

 

काठमाण्डौ : सरकारले विदेशबाट फर्कने र स्वदेशमै रहेकाहरुलाई पनि कृषिमा आकर्षित गर्न भूमि बैंक स्थापना गर्ने भएको छ । अहिले तीनसय पालिकामा भूमि बैंक स्थापना गरिने र पछि सबै पालिकामा बिस्तार गरिने बजेटमा उल्लेख छ ।

आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले कृषि कार्य गर्न चाहनेले भूमि बैंकमार्फत निश्चित समयसम्मको लागि जमिन लिजमा लिन सक्ने बताउनुभयो । यसको लागि कृषि सामग्रीमा सहुलियत दिने पनि उहाँले बताउनुभयो ।

सम्बन्धित खवर