महामारीका बेला निजी अस्पताललाई सरकारले उपयोग गर्ने

महामारीका बेला निजी अस्पताललाई सरकारले उपयोग गर्ने

 

काठमाण्डौ – आर्थिक वर्ष २०७७/२०७८ को बजेट भाषण सुरु भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले बजेट भाषण गरिरहनुभएको छ ।

नेपालको संविधान अनुसार हरेक जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान रहेको छ । यस पटक सरकारले निजी अस्पताललाई पनि महामारीका बेला सरकारले उपयोग गर्न सक्ने व्यवस्था मिलाएको छ।

बिहीबार आगामी वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले महामारीका बेला निजी अस्पताललाई सरकारले उपयोग गर्न मिल्ने बताउनुभयो।

उहाँले निजी अस्पतालमा कार्यरत डाक्टरले जिल्लाका स्थानीय तहका अस्पतालमा विशेषज्ञ सेवा दिनु पर्ने पनि खतिवडाले बताउनुभयो।

सम्बन्धित खवर